व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 12:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत 'एक व्यक्ति एक स्थायी लेखा नम्बर'को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ । चालु आर्थिक बर्षको साउनदेखि भदौ १५ सम्ममा मात्रै ४ लाखले प्यान लिएका छन

सरकारले १ हजार रुपैयाँभन्दा बढी रकमको भुक्तानी बैंकमार्फत गर्नुपर्ने र रोजगारीबाट पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा प्यान लिनुपर्ने नीति लिएको छ । यससँगै बजारमा प्यान कार्ड लिनेबारेमा अनेक किसिमका जिज्ञासा र अफवाह चलेको पाइन्छ ।

व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ? यो करदाताले सबैभन्दा बढी सोध्ने प्रश्न हो । स्थायी लेखा नम्बर लिएपछि के फाईदा वा बेफाईदा हुन्छ? भन्ने ढंगले आउने प्रश्नहरुको जवाफ खोजौं ।

व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन । उसोभए प्यान लिनु र नलिनुमा के फरक छ? उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन ।

कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?
-व्यवसाय गर्नु चाहनुहु्न्छ ? भ्याट अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस् ?

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved