आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 12:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यक्तिको जीवनमा विभिन्न कामबाट आम्दानी सिर्जना भइरहेको हुन्छ । आम्दानीमा राज्यको कानुन अनुसार कर लाग्दछ । कर आधुनिक राज्यको प्रत्येक नागरिकले भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्व हो । त्यसैले व्यक्तिको आम्दानी र कर एकअर्कामा अन्तरसम्बन्धित विषय हुन् ।


टीडीएस (TDS)

व्यक्तिले आफ्नो आम्दानीबाट राज्यलाई तिर्नुपर्ने नियम अनुसारको कर आम्दानीको स्रोतबाट नै कट्टी गर्ने प्रक्रिया नै स्रोतमा करकट्टी (Tax Deduction at Source)  हो । आम्दानीको स्रोतबाट अग्रिम कट्टी गरी भुक्तानी दिने पक्षले सम्बन्धित व्यक्तिको नाममा कर कार्यालयमा दाखिला गर्ने करलाई टीडीएस भनिन्छ ।


कर छली हुने सम्भावनालाई कम गर्ने औजारको रुपमा राज्यले टीडीएसको व्यवस्था गरेको हो । आम्दानीको स्रोतका आधारमा यसको दर फरक फरक हुने गर्दछ । उदाहरणको लागि रोयल्टी, सेवा शुल्क, कमिशन वा बोनस आदिमा १५ प्रतिशत र चिट्ठा, पुरस्कार वा आकस्मिक लाभमा २५ प्रतिशत अग्रिम करकट्टी गरिन्छ । सामान्यतया ब्याज भुक्तानी, कमिसन, ज्याला वा तलब, भाडा आदिको भुक्तानी दिँदा अग्रिम करकट्टी गर्नुपर्दछ ।

 

ईटीडीएस (E-TDS)

 

ईटीडीएसको पूरा रुप Electronic TDS हो । व्यक्तिले आफ्नो आम्दानीमा लाग्ने कर दाखिला गरिसकेपछि त्यसको विवरण आन्तरिक राजस्व विभागको अनलाईन सिस्टममा ई-फाइलिङ गर्ने काम नै ईटीडीएस हो । अर्थात्, आफुले दाखिला गरेको करको सम्पूर्ण विवरण (भौचर नम्बर, कर शीर्षक, मिति, रकम आदि) कम्प्युटर प्रणालीमा इन्ट्री गर्ने प्रक्रियालाई ईटीडीएस भनिन्छ ।

ईटीडीएस गरिसकेपछि आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी आफुले तिरेको करको विवरण अनलाईन हेर्न र प्रिन्ट गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved