थाहा पाउनुहोस, प्यान नम्बर लिन केके कागजात चाहिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 12:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक करदाताले आफ्नो व्यवसाय कर कार्यालयमा दर्ता गरी स्थायी लेखा नम्बर लिएर कारोबार सञ्चालन गर्नुपर्दछ । व्यवसाय दर्ता गरी प्यान नम्बर लिन ढिलाई गरेमा जरिवाना समेत लाग्न सक्छ । बजारमा समयमै कर कार्यालयमा दर्ता नगरेका कारण लामो समयदेखिको जरिवाना तिर्ने करदाताहरु धेरै भेटिन्छन् । हाल कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी दर्तासँगै सो कम्पनीको नाउँमा स्थायी लेखा नम्बर रिजर्भ गरिदिन्छ । त्यसैले कर कार्यालयमा समयमै दर्ता गराई कर विवरण दाखिला गरेमा जरिवानाबाट बच्न सकिन्छ ।

कर कार्यालयमा कारोबार दर्ता गर्नका लागि आन्तरिक राजस्व विभागले तोकेको ढाँचामा निवेदन पेश गर्नुपर्दछ । सो निवेदन कर कार्यालयले उपलब्ध गराउँछ । त्यसबाहेक आवश्यक डकुमेन्टको सूची यहाँ उल्लेख छः

व्यक्तिगत (एकलौटी फर्म)को लागि आवश्यक कागजात

-          निवेदन रु. १० को टिकटसहित

-          व्यवसाय/उद्योग दर्ताको प्रमाणपत्र र सम्बन्धित कार्यालयले दिने चिठीको प्रतिलिपि

-          सञ्‍चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-          घरबहाल सम्झौताको प्रतिलिपि (आफ्नै घरमा राख्ने भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि

-          सञ्‍चालकको दुईप्रति फोटो

प्राइभेट कम्पनीको लागि आवश्यक थप कागजात

-          प्रबन्ध पत्र र नियमावलीको प्रतिलिपि

-          कम्पनी दर्ता प्रमाण पत्र र रजिष्ट्रार कार्यालयको चिठी

-          सञ्‍चालकहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

-          कर कार्यालयले दिने प्रमाण पत्रमा सहीछाप गर्ने व्यक्ति तोकेको माइन्युटको प्रतिलिपि

-          कर कार्यालयलाई लेखेको पत्र

-          प्रा.लि.को छाप

-          सहीछाप गर्ने व्यक्तिको दुईप्रति फोटो

अन्य संस्थाको हकमा

-          संस्था दर्ताको प्रमाण पत्र र माथि उल्लेखित अन्य कागजातहरु

 

व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?
-व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

-व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

-थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)

-कर तिर्न साढे २ सय किलोमिटरसम्म यात्रा

-एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

-आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved