आयकर ऐन, २०५८ मा कारोबारको प्रकृति र आयको आधारमा कर बुझाउने सम्बन्धमा करदाता अनुसार फरक फरक व्यवस्था छ । सामान्यतया आय विवरण आर्थिक वर्ष समाप्त भएको ३ महिनासम्ममा बुझाउनुपर्ने हुन्छ । तर, यो सबै अवस्थामा लागु हुँदैन ।
कानुन बमोजिम VAT मा
कारोबार गर्ने करदाताले प्रत्येक महिना भुक्तान भएको २५ दिनभित्र विवरण र कर
दाखिला गर्नुपर्दछ । त्यसैगरी TDS भुक्तानी गर्नुपर्ने कारोबारमा ऐनले तोके बमोजिम करकट्टी
गरी TDS रकम एवं सोको विवरण
अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्छ ।
नेपालमा श्रोत रहेको व्यवसायबाट
मात्र वार्षिक रु. २० लाखसम्मको कारोबार गर्ने र २ लाखसम्म आय हुने प्राकृतिक
व्यक्तिले आयकर डे.०१ फाराम भरी कर कार्यालयमा पेश गर्नुपर्छ । यस्तो आय विवरणलाई पूर्वानूमानित
कर विवरण भन्ने गरिन्छ ।
पूर्वानुमानित कर तिर्ने व्यक्तिले
आय विवरणसँगै थप विवरण वा कागजात पेश गर्नुपर्दैन । कारोबार र खर्च पुष्टि गर्ने
प्रमाण भने आफूसँग सुरक्षित राख्नुपर्ने हुन्छ ।
एक आय वर्षमा रु. २० लाखभन्दा
वढीको कारोबार र आय रु २ लाख भन्दा बढी हुने व्यक्तिले डे.०३ आय विवरण फाराम भरी
सम्बन्धित कर कार्यालयमा पेश गर्नुपर्छ ।
पूर्वानुमानित करको दर
पूर्वानुमानित कर तिर्नुपर्ने
करदाताले महानगरपालिका र उप महानगरपालिका क्षेत्रभित्रको कारोबारमा वार्षिक रु. ५
हजार, नगरपालिका क्षेत्रभित्र रु.२ हजार ५ सय र अन्य क्षेत्रमा कारोबार गर्नेले
वार्षिक रु.१५०० कर तिर्नुपर्ने व्यवस्था छ ।
अग्रिम आयकर बुझाउनुपर्ने कारोबार
आयकर ऐन २०५८ को दफा ९४ अनुसार
चालु वर्षको कारोबारको आधारमा रु २० लाखभन्दा बढीको कारोबारमा गर्दा किस्ताबन्दीमा
अग्रिम कर दाखिला गर्नुपर्दछ । यस्तो किस्ता पौष मसान्तभित्र अनुमानित कर रकमको ४०
प्रतिशत, चैत्र मसान्तभित्र अनुमानित करको ७० प्रतिशत र असार मसान्तसम्म बाँकी कर बुझाउनुपर्दछ
।
म्याद थप हुन सक्छ
तोकिएको म्यादभित्र आय विवरण पेश गर्न नसक्ने करदाताले उपयुक्त कारण उल्लेख गरी कर कार्यालयमा निवेदन दिनुपर्दछ । कार्यालयले आवश्यकताका आधारमा एकैपटक वा पटक पटक गरी पौष मसान्तसम्म बढीमा ३ महिना म्याद थप गर्न सक्छ । तर, निवेदन प्राप्त हुनासाथ म्याद थप गर्नैपर्ने बाध्यता छैन । त्यसैले समयमै आय विवरण बुझाई कर तिर्नु बुद्धिमत्तापूर्ण हुन्छ।