सेयरमा लगानी गर्न कस्तो व्यक्तिलाई कुन क्षेत्र उपयुक्त ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2019 | 02:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजारलाई देशको अर्थतन्त्रको ऐना मान्ने गरिन्छ। तर सेयरबजारको झन्डै ८० प्रतिशत भन्दा बढी हिस्सा बैंक वित्त तथा वीमा कम्पनीले ओगटेकाले नेपालमा भने त्यो लागू भएको देखिदैन। 

झन्डै २ तिहाइ बहुमतको स्थिर सरकार र सरकारमा विज्ञ अर्थमन्त्री हुँदा पनि बजार परिसूचक 'नेप्से' घट्दो क्रममा छ। बजार घट्नुका कारणमा अर्थमन्त्री स्वयं पनि एक हुन् भन्ने सेयर लगानीकर्ताको बुझाई छ। 

 प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा अर्थमन्त्री बनेका डा.युवराज खतिवडा राजनीतिक पृष्ठभूमिका होइनन । राष्ट्रिय सभाबाट मनोनित भएर प्रधानमन्त्री ओलीको 'इच्छा' ले मन्त्री बनाईएका खतिवडा सुरुदेखि नै शेयरबजारका लगानीकर्ताले नरुचाएका व्यक्तित्व हुन्। उनी अनुत्पादक क्षेत्रको लगानी नियन्त्रण गर्नुपर्छ भन्ने पक्षधरका हुन। पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भईसकेका उनी शेयरबजारलाई अनुत्पादक क्षेत्र भन्न रुचाउथे । मन्त्री भएलगत्तै बिबिसी नेपाली सेवामा उनले पुँजी बजारमा भइरहेको लगानी ‘अनुत्पादक’ भन्ने आशय अन्तर्वाता समेत दिए। यहि कारण नै उनी लगानीकर्ताको रोजाईमा पर्न सकेनन।

हुनत: उनी अर्थमन्त्री बन्ने चर्चा चलेको दिननै शेयरबजार परिसूचक नेप्से घटेको थियो । उनले २०७४ फागुन १४ गते अर्थमन्त्रीको रुपमा शपथ लिएका हुन् । सोहि दिन नेप्से सूचक १५.७८ अंकले घटेर १३५८.९५ को बिन्दुमा पुग्यो । दोस्रो दिन सूचक ५.८६ अंकले बढेपछि भोलिपल्ट नै सूचक १८.८२ अंकले ओरालो लाग्यो । त्यसयता नेप्से सूचक घट्दो क्रममा छ । अर्थमन्त्रीको हालसम्मको कार्यकाल अवधिमा सूचक उनी नियुक्त भएको दिनको भन्दा माथि बढ्न सकेको छैन । उनी मन्त्री बनेयता सूचक २३३ अंकले घटिसकेको छ । 

बजारको अवस्था कहिले सुधार हुन्छ भन्नेबारे आम लगानीकर्ताको चासो छ । तर सेयरबजारको फ्रंर्ट लाइनर नियामकको रुपमा रहेको नेप्सेका प्रबक्ता मुराहरी पराजुली बजार सुधार भन्ने शब्द नै गलत तरिकाले प्रयोग भईरहेको बताउछन्। ‘बजार घट्दैमा सुधार नभएको भन्ने होइन, खरिदकर्ताहरु बजार घटेको अवस्थालाई पर्खिरहेका हुन्छन' उनी भन्छन।  

पराजुलीकाअनुसार बजार बढ्दा बिक्रि गर्नको लागि उपयुक्त समय हुने र बजार घट्दा खरिदकर्ताको लागि खरिद गर्नको लागि उपयुक्त समय हुने भएकोले सुधार शब्दलाई मिडियाले नै गलत तरिकाले प्रयोग गरिरहेका छन् ।

त्यसो भए घट्दो बजार र बढ्दो बजारमा कस्तो रणनीतिले लगानी गर्ने त् ? नेप्सेका प्रबक्ता पराजुली लगानी गर्ने रणनीति आफुले लिन सक्ने जोखिममा भर पर्ने बताउछन्। 

उनका अनुसार हरेक व्यक्तिको जोखिम बहन गर्न सक्ने क्षमता फरक फरक हुने भएकोले लगानीको कुनै एक ‘फिक्स मन्त्र’ हुदैन । तर सर्वमान्य सिद्धान्त अनुसार अल्पकालीन समयमा जोखिम ज्यादा र प्रतिफल पनि ज्यादा हुन्छ भने दीर्घकालीन समयमा जोखिम संगै प्रतिफल पनि कम हुन्छ । नेपालको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता छ । लगानीकर्ताहरुले विश्वास गरेको र तुलनात्मक रुपमा जोखिम कम भएको क्षेत्र पनि यहि नै हो ।

लगानी गर्नको लागि कस्तो व्यक्तिलाई कुन क्षेत्र उपयुक्त ? 

नेप्से प्रबक्ता पराजुली लगानीकर्ताको उमेर अनुसार पनि लगानी रणनीति बनाउन सकिने बताउछन् । उनका अनुसार उमेर ढल्किसकेको वयस्कले धेरै जोखिम हुने कम्पनीमा लगानी गर्नु हुन्न । यदि बजार ‘कोल्याप्स’ नै भयो भने उसलाई ‘रिकभर’ गर्ने समय नै हुन्न । तर एक युवालाई ‘रिकभर’ गर्नको लागि पर्याप्त समय हुने उनी बताउछन् ।

त्यस्तै लगानी गर्नु अगाडी आफ्नो आयका स्रोत पनि हेर्न उनी सुझव दिन्छन । कुनै व्यक्तिको आयका स्रोतहरु धेरै छन् भने उसले ति मध्ये केहिको पुरै आय शेयरबजारमा लगानी गर्न सक्छ । यदि बजार ‘कोल्याप्स’ नै हुने अवस्था आएपनि अन्य क्षेत्रको आयबाट उसले आफ्नो दैनिकीलाई सहज रुपमा चलाउन सक्छ । तर सिमित आयस्रोत हुनेहरु सँग त्यो विकल्प हुदैन । जसका कारण उनीहरुको लगानी डुब्नुको साथ साथ दैनिकी चलाउन समेत समस्या हुन् सक्छ । त्यसैले लगानी गर्नु अगाडी आफ्नो जोखिम लिन सक्ने क्षमता र आय स्रोत मुख्य हो ।

कस्तो व्यक्तिलाई के मा लगानी उत्तम ? 

पैसा भएका तर बजारबारे जानकारी नभएका लगानीकर्तालाई सामुहिक लगानी कोष, ऋणपत्र र आईपिओको लगानी उत्तम हुन सक्छ । साथै उनीहरुको लागि पोर्टफोलियो म्यानेजमेन्टको सेवा पनि उपयुक्त हुन् सक्छ। बजारमा हाल दर्जन बढी कम्पनीले यो सेवा दिईरहेका छन् ।

बजारबारे जानकारी भएका तर पैसा कम भएका लगानीकर्ताले भने थप रकम जुटायर लगानी जुटाउन सक्छन । हाल ब्रोकरबाट नै ऋण लिने, शेयर नै धितो राखेर राखेर ऋण लिने वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्न सक्छन । उनीहरुलाई बजारबारे राम्रो ज्ञान हुने भएकोले यी विकल्प उत्तम हुन् सक्छन् ।

जानकारी र पैसा दुवै भएका तर समय नभएकालाई पोर्टफोलियो म्यानेजमेन्ट कै सेवा उत्तम हुन्छ । तर अहिले अनलाइन ट्रेडिङ नै आईसकेकोले बजारबारे जानकारी भएकाहरुले १ मिनेट मै खरिद-बिक्रि बारे आदेश दिन सक्छन। साथै उनीहरुले निर्देशन सहित पोर्टफोलियो म्यानेजरलाई निर्देशन दिन सक्छन। 

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved