'पापकर'को रुपमा लिईने अन्तःशुल्क के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 11:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तःशुल्क एक प्रकारको कर हो । मूलतः उत्पादन र व्यवसायमा लाग्ने कर भएकाले यसको अनुभुति उपभोक्ताले गर्दैनन्। अन्तःशुल्क वस्तु तथा सेवाको उत्पादक, वितरक हुँदैमा मूल्यमा जोडिएर उपभोक्तासम्म पुग्दछ । 

कतिपय वस्तु तथा सेवामा लाग्ने अन्तःशुल्क सो वस्तुको उपभोगमा समाजले चुकाउनुपर्ने मूल्यको आधारमा लगाउने गरिन्छ । उदाहरणको लागि अल्कोहल, विभिन्न किसिमका केमिकलहरु, प्लास्टिक आदिको उपभोगमा समाज वा वातावरणलाई हानी पुग्ने हुनाले त्यसमा उच्च दरमा अन्तःशुल्क लगाउने गरिएको हुन्छ । हानिकारक वस्तुमा लगाइने करको रुपमा अन्तःशुल्कलाई 'पापकर' को रुपमा अर्थ्याउने गरेको पनि पाइन्छ । 

यो वस्तु वा सेवाको उत्पादन लागतमा आधारित कर हो । वस्तुको खुद्रा मुल्य निर्धारण गर्दा अन्तःशुल्क मूल्यमा समायोजन गरिएको हुन्छ । सामान्यतयाः फ्युल, टिकट, मदिरा, सुर्तीजन्य पदार्थ लगायतका वस्तु तथा सेवामा अन्तःशुल्क लाग्ने गर्दछ ।

अन्तःशुल्क वस्तुको मूल्यमा आधारित र विशेष प्रकृतिको गरी दुई किसिमको हुन्छ । मूल्यमा आधारित अन्तःशुल्क वस्तुको मूल्यको निश्चित प्रतिशतमा निर्धारण गरिन्छ । त्यसैगरी विशेष प्रकृतिको अन्तःशुल्क निश्चित मूल्यमा वा उपभोगका आधारमा निर्धारण हुन्छ । 

देशभित्रै उत्पादन हुने वस्तुको कारखाना मूल्यको आधारमा अन्तःशुल्क निर्धारण हुन्छ । अन्तःशुल्क ऐन, द्दण्छड अनुसार “कारखाना मूल्य” भन्नाले अन्तःशुल्क लाग्ने वस्तुमा अन्तः शुल्क वा अन्य कुनै कर नजोडी त्यस्तो वस्तु उत्पादन वा उत्पादन र बिक्री वितरण गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी निर्धारण भएको मूल्य सम्झनुपर्छ । सोही ऐनमा मूल्य भन्ना ले उत्गपादन गर्ने वस्तुको हकमा कारखाना मूल्य, सेवाको हकमा बीजक बमोजिमको मूल्यू भनी परिभाषित गरिएको छ ।

अन्तःशुल्क प्रशासन सम्बन्धी सम्पूर्ण काम कारबाही अन्तःशुल्क ऐन, दण्ड अनुसार हुन्छ । हरेक वर्ष आउने आर्थिक ऐनमार्फत सो ऐनमा आवश्यकता अनुसार संशोधन गर्ने गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved