मोबाइल एपबाटै गर्न सकिन्छ कर सम्बन्धी ११ काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 12:54:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले आफ्नो मोबाइल एपमा विभिन्न फिचर थप गरेको छ । कर दिवसको अवसरमा २०७६ मंसिर १ गतेदेखि लागु हुने गरी अपग्रेड गरिएको एपबाट करसम्बन्धी महत्वपूर्ण कामहरु गर्न सकिन्छ ।

विभागको आइआरडी नेपाल (IRD Nepal) नामक मोबाइल एप एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ । पछिल्लोपटक अपग्रेड गरिएको एपको सहायताले यी कामहरु गर्न सकिन्छः

-प्यान डिटेल सर्च गर्ने

-सूचना, प्रकाशन, सम्पर्क नम्बर र करसम्बन्धी विविध जानकारी लिने

-ई-पेमेन्ट गेटवे प्रयोग गरी कर भुक्तानी गर्ने

-करसम्बन्धी विवरण हेर्ने

-तोकिएको अवधिको आयकर विवरण हेर्ने

-अन्तःशुल्कको विवरण हेर्ने

-कर दाखिलाको विवरण हेर्ने

-आ.व. र भौचर नम्बरको आधारमा कर दाखिला भौचर खोज्ने

वक्यौताको विवरण हेर्ने

टीडीएको विवरण हेर्ने

-करदाताको दर्ता र कर संकलनको अवस्था हेर्ने


एपमा भएका फिचरलाई सबैले हेर्न मिल्ने, करदाताले लगइन गरी हेर्नसक्ने र विभागको आधिकारिक युजरले हेर्नसक्ने गरी ३ भागमा वर्गीकृत गरिएको छ । जसमध्ये करदाताको दर्ता र कर संकलन सम्बन्धी विस्तृत विवरण आधिकारिक युजरले मात्रै हेर्न मिल्छ । त्यसैगरी प्यान डिटेल सर्च गर्ने तथा विविध सूचना र जानकारी लिने कार्य सबै एप प्रयोगकर्ताले गर्नसक्ने व्यवस्था छ । 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved