यस्ता छन् सामाजिक सुरक्षा योजनाका विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 10:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने उदेश्यसहित तर्जुमा गरिएको सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनमा आइसकेको छ । सोही ऐन अन्तर्गत सामाजिक सुरक्षा कोष स्थापना भएको हो । कोषले वि.सं. २०७६ साउन १ गतेदेखि लागु हुने गरी विभिन्‍न योजना ल्याएको छ ।

सामाजिक सुरक्षा योजना सञ्‍चालन कार्यविधि, २०७५ अनुसार सामाजिक सुरक्षा कोषले औषधी उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा, मातृत्व सुरक्षा तथा वृद्धावस्था सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

श्रमिकले गर्ने ३१ प्रतिशत योगदानलाई यी ४ वटा योजनामा विभाजन गरिएको छ । कोषको योजना अनुसार औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनामा ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा २८.३३ प्रतिशतले बाँडफाड गरिएको छ ।

यस्ता छन् विशेषता

औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना योगदान सुरु भएको ३ महिनापछि लागु हुने र योगदान गर्न छोडेको ३ महिनापछिसम्म लागु हुन्छ । यो योजना अन्तर्गत वार्षिक १ लाख रुपैयाँसम्मको उपचार खर्चमा ८० प्रतिशत कोषले व्यहोर्छ ।

दुर्घटना बापतको सुविधा कोषमा योगदान सुरु गरेको दिनदेखि नै प्राप्त हुन्छ । र, व्यक्तिले निरन्तर योगदान गर्दासम्म यो सुविधा प्राप्त हुनेछ । रोजगारजन्य दुर्घटनाको कारण असक्षमता भएमा भएमा आधारभुत पारिश्रमिकको ६० प्रतिशत रकम मासिकरुपमा योगदानकर्ताले पाउनेछन् ।

आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको परिवारले यो सुविधा पाउनेछन् । जुनसुकै कारणले योगदान कर्ताको मृत्यु भएमा निजको पति वा पत्‍नीले निजले खाईपाई आएको अन्तिम आधारभुत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम जीवनभर दिइने कोषले जनाएको छ ।

वृद्धावस्ता सुरक्षा योजना अन्तर्गत दुईवटा योजनाहरु रहेका छन् । जसमध्ये सूचीकृत श्रमिकहरुले निवृत्तिभरण (पेन्सन) वा अवकाश सुविधामध्ये एक रोज्न पाउनेछन् । कोषका अनुसार १५ वर्षसम्म योगदान गर्ने श्रमिक अनिवार्य रुपमा निवृत्तभरण योजनामा सहभागी हुनुपर्नेछ । तर,  १५ वर्ष योगदान नपुगेको अवस्थामा ६० वर्ष उमेर पुगेपछि कोषमा जम्मा भएको रकम र प्रतिफल समेत एकमुष्ट फिर्ता पाउनेछन् । योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न थालेको १८० महिना पूरा नहुँदै निजको मृत्यु भएमा दम्पत्तिले निवृत्तभरण रकमको ५० प्रतिशत आजीवन प्राप्त गर्नेछन् ।

सुविधा दाबी गर्नका लागि योजनाअनुसार छुट्टाछुट्टै फाराम भर्नुपर्दछ । सुविधा दाबी गर्नका लागि पुष्टि हुने कागजातसहित निवेदन पेश गरेपछि कोषले भुक्तानी दिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved