पब्लिक कम्पनी दर्ता गर्न कति शुल्क लाग्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 08:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनी स्थापना गर्नका लागि लागि न्युनतम ७ जना संस्थापक र कम्तीमा रु.१ करोड चुक्ता पुँजी हुनुपर्छ । यस्तो कम्पनीमा ३ जनादेखि ११ जनासम्म सञ्‍चालक रहन्छन् ।


बैंकिङ्ग तथा वित्तीय कारोबार, बीमा व्यवसाय, धितोपत्र बजार सम्बन्धी व्यवसाय, सामूहिक बचत कोष संचालन गर्ने र दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने  कानुनी व्यवस्था छ । पब्लिक लिमिटेड कम्पनीमा शेयरधनीको संख्या तोकिएको छैन । पब्लिक लिमिटेड कम्पनीहरुले अनिवार्यरुपमा पब्लिक शेयर जारी गर्नुपर्छ । पब्लिक लिमिटेड कम्पनी स्थापित भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती लिनुपर्ने हुन्छ ।


कति लाग्छ दर्ता दस्तुर ? 

रु १,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. १५,०००/- 

रु १,००,००,००१ /- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. ४०,०००/- 

रु १०,००,००,००१ /- देखि रु २०,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. ७०,०००/- 

रु २०,००,००,००१ /- देखि रु ३०,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. १००,०००/- 

रु ३०,००,००,००१ /- देखि रु ४०,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. १३०,०००/- 

रु ४०,००,००,००१ /- देखि रु ५०,००,००,००० /- अधिकृत पूँजी भएमा  रु. १६०,०००/- 

रु. ५०,००,००,०००/- भन्दा माथिको अधिकृत पूँजी भएमा प्रति १ करोडको रु.३०००/- का दरले दस्तुर लाग्नेछ ।


दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेको खण्डमा पछिल्लो पूँजी कायम भएको थप पूँजी अनुरुप पहिले तिरीसकेको दस्तुर कट्टा गरी नपुग रकम नयाँ दररेट अनुसार बुझाउनुपर्छ ।

 

कम्पनी दर्ता खारेजी शुल्क

कम्पनी ऐन, २०६३ दफा १३६ को उपदफा (१) को खण्ड (क) र दफा १५८ को उपदफा (१) को प्रयोजनको लागि कम्पनीको दर्ता खारेज गर्दा लाग्ने दस्तुर सम्बन्धि  ब्यबस्था छ । जस अनुसार पब्लिक कम्पनी खारेज गर्दा रु. १०,००,०००।- रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनी भए रु. १,०००।- र सोभन्दा बढी चुक्ता पूँजी भएकोमा रु. ५,०००।- दस्तुर लाग्छ 


यो पनि : 

प्राइभेट कम्पनी दर्ता गर्दा कति खर्च लाग्छ ?


कम्पनी दर्ता गर्न केके कागजात चाहिन्छ ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved