करचुक्ता प्रमाण पत्र लिन के के गर्नुपर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 08:28:25 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न किसिमका व्यक्तिगत र व्यावसायिक कामको लागि कर चुक्ता प्रमाण पत्रको आवश्यकता पर्दछ । कर तिरेको प्रमाणको रुपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले यस्तो प्रमाण पत्र प्रदान गर्दछ । वर्तमान व्यवस्थाअनुसार करदाताले आफ्नो कारोबार र आम्दानी स्वयं घोषणा गर्नुपर्दछ । आम्दानी र कारोबार घोषणा गरी सोको प्रमाणसहित राजस्व कार्यालयमा निवेदन पेश गरेपछि कार्यालयले करचुक्ता प्रमाण पत्र उपलब्ध गराउँछ ।

व्यवसायको कर चुक्ता प्रमाण लिनको लागि कारोबारको विवरण तथा आय व्यय विवरण (Audit Report) आन्तरिक राजस्व विभागको वेबसाइट मार्फत एकीकृत कर प्रणाली (Integrated Tax System) प्रविष्टी गरी प्रमाणित (Verify) गराउनुपर्दछ । साथै कर तिरेको भौचरको विवरण कम्प्युटर प्रणालीमा इन्ट्री गरी हिसाब मिलान (Reconcile) भएको हुनुपर्छ ।

व्यक्तिगत आयकर तिरेको करचुक्ताको हकमा आफ्नो वार्षिक आय र करकट्टीको विवरण सहित करचुक्ता प्रमाण पत्रको लागि निवेदन पेश गर्नुपर्दछ । निवेदनसाथ आयकर तिरेको भौचर र आवश्यक कागजात संलग्न गर्नुपर्दछ । व्यक्तिगत आयकरको विवरण अनलाईन प्रणालीमा इन्ट्री गरी त्यसको विवरण सम्बन्धित कार्यालयबाट भेरिफाई भएको हुनुपर्छ । सामान्यतया रोजगार व्यक्तिले तिर्नुपर्ने कर आयस्रोतबाट नै कट्टी गरिएको हुन्छ । आयस्रोतबाट हुने करकट्टी अर्थात् टीडीएस रोजगारदाताले नै कर कार्यालयमा दाखिला गर्ने हुनाले सम्बन्धित कार्यालयबाट आवश्यक कागजात र विवरण संकलन गरी कर कार्यालयमा पेश गर्दा करचुक्ता प्रमाण पत्र लिन सहज हुन्छ ।

आवश्यक प्रमाण र कागजातसहित निवेदन पेश गरेपछि कम्प्युटर प्रणालीमा भएको विवरणका आधारमा कार्यालयले करचुक्ता प्रमाण पत्र उपलब्ध गराउँछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved