सरकारले प्रत्येक आर्थिक वर्षको लागि बजेट बनाउँछ । यसैगरी, हामीले पनि आफ्नो घरको बजेट बनाउन सक्छौं । बजेट भनेको निश्चित समयको लागि अनुमानित आम्दानी र खर्चको विवरण हो । बजेटको लागि खर्चको पहिचान र खर्च गर्ने तरिका राम्रोसँग बुझ्नु एकदमै महत्वपूर्ण छ ।
परिवारमा बनाइने आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ । पारिवारिक बजेटले परिवारभित्रको आम्दानीका स्रोतहरूको राम्रोसँग उपयोग गर्न र खर्चलाई व्यवस्थित एवं आवश्यकताका आधारमा खर्च गर्न सहयोग गर्दछ ।
परिवारिक बजेट किन चाहिन्छ ?
(१) आम्दानी र खर्च के कति छ भनेर अनुमान गर्न ।
(२) सावधानीपूर्वक खर्च गर्न प्रोत्साहन गर्न ।
(३) चुस्त, दुरुस्त तरिकाले पैसा व्यवस्थापन गर्न सहयोग गर्न ।
(४) भविष्यको लक्ष्य निर्धारण गर्न सहज पार्न ।
बजेट कसरी बनाउने?
(१) आफ्नो वित्तीय लक्ष्य पत्ता लगाउने ।
(२) आम्दानीको स्रोत अनुसार आम्दानीको हिसाबकिताब गर्ने ।
(३) आपूmले कति बचत गर्न सकिन्छ त्यसको निर्धारण गर्ने ।
(४) खर्च सूचीकृत गर्ने र खर्चको प्राथमिकीकरण गर्दै खर्च हुने रकम पत्ता लगाउने ।
(५) आम्दानीभन्दा खर्च कम नै छ भनेर आपूm निश्चिन्त हुने ।
(६) आम्दानी र खर्चको पुनरावलोकन गर्दै आपूm अगाडि बढ्ने ।
बजेटभित्र कसरी रहने?
⇛ प्रत्येक पटक खर्च गर्ने योजना बनाउँदा आपूmले आपैmँलाई सम्झाउने ।
⇛ बजेटमा नै आकस्मिक खर्च छुट्याउने ।
⇛ के कति खर्च गरेको छु भनेर प्रत्येक पटक रुजु गर्ने ।
⇛ एउटा वस्तुमा बढी खर्च भएमा अर्को वस्तु खरिद गर्दा कम मूल्यको खरिद गर्ने वा थोरै खपत गर्ने ।
⇛ बजेटभित्र रहन परिवारका सबै सदस्यलाई सहभागी गराउने ।
⇛ लगानी गर्ने हो भने एक पटक राम्ररी सोच्नु पर्छ । लगानी डुब्यो भने के गर्ने ?
हेर्नुस पारिवारिक बजेटको नमुना :
सन्दर्भ सामग्री :NRB