क्यान इन्फोटेकको तयारी पूरा, सय बढी स्टल र २ करोडको कारोबार लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 06:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माघ १७ गते शुक्रबारदेखि हुने सूचना तथा सञ्चार प्रविधि मेला क्यान इन्फोटेकको सम्पुर्ण तयारी पूरा भएको छ । कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघले आयोजना गर्न लागेको नवौं संस्करणको क्यान इन्फोटेकको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

महासंघले माघ १७ देखि २१ सम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा मेलाको आयोजना गर्दैछ । मेलाको उद्घाटन प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने छन् । मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए ।

कम्प्युटर, मोबाइल तथा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्शनी, मोबाइल वालेट, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी, हार्डवेयर र सफ्टवेयरमा नयाँ आविष्कारबीच प्रतियोगिता, वेबपेज डिजाइन प्रतियोगिता, डिजिटल गेमिङ्ग जोन, सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी सञ्चालन गरिने महासंघले जनाएको छ ।

मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वर्ड लिंकलगायतका कम्पनीहरुले प्रायोजन गर्ने भएका छन् । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved