एटिएम निशुल्क तर सरकारी लगानीको कनेक्ट आइपिएसमा किन चर्को शुल्क ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 10:26:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एटिएम सेवामा शुल्क लिन नपाउने व्यवस्था लागू भएपछि सरकारी लगानीको कनेक्ट आइपीएसले लिंदै आएको सेवा शुल्कमाथि समेत प्रश्न उठेको छ। राष्ट्र बैंकले  बैंकहरुलाई एटिएम सेवामा शुल्क लिन नपाउने व्यवस्थागरेपछि राष्ट्र बैंककै प्रवर्द्धनमा संचालित कनेक्ट आइपीएसलाई समेत निशुल्क सेवा दिन दबाब बढेको हो। 

राष्ट्र बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका जारी गर्दै अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेपछि उसकै नेतृत्त्वमा संचालित कनेक्ट आइपीएसको सेवा समेत निशुल्क हुनुपर्ने आवाज उठेको हो। बैंकहरुले बिगतमा आफ्ना ग्राहकलाई निशुल्क एटिएम सेवा दिंदै आएपनि राष्ट्र बैंकले अन्तर बैंक एटिएमको कारोबार शुल्क समेत लिनलाई रोक लगाएको हो। 

नेपाल राष्ट्र बैंकको लगानी तथा नेतृत्त्वमा कनेक्ट आइपीएस २०६५ पुषमा स्थापना भएको पब्लिक कम्पनी हो। कनेक्ट आइपीएस राष्ट्र बैंकद्वारा प्रवर्दित कम्पनी भएपनि ग्राहकबाट उठाउदै आएको शुल्कका कारण प्रत्येक बर्ष यसको मुनाफाको ग्राफ भने बढिरहेको छ। 


२०७२ सालमा १० करोड ३३ लाख मुनाफा गरेको कनेक्ट आइपीएसले २०७५/७६ मा ३७ करोड ४० लाख खुद आम्दानी गरेको छ।  कनेक्ट आइपीएसले ग्राहकलाई एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्ने लगायतका सेवा दिए बापत गत आर्थिक बर्ष अर्थात २०७५/७६ मा मात्रै ४२ करोड ९७ लाख २७ हजार रुपैयाँ शुल्क उठाएको छ। 

बिगतमा कनेक्ट आइपीएसले रकम ट्रान्सफर गर्दा लाग्ने शुल्कबारे जानकारी सार्वजनिक नगर्दा ग्राहकहरुबाट मनपरि शुल्क उठाइएको थियो। यसबारे बिजपाटी लगायतका केहि संचारमाध्यमले समाचार लेखेपछि कनेक्ट आइपीएसले ग्राहकबाट उठाउने शुल्कको सुची सार्वजनिक गरेको थियो। त्यसयता ग्राहकबाट लिने शुल्कमा एकरुपता आएपनि सरकारको लगानी भएको संस्थाले नै शुल्क महँगो लिएकोप्रति असन्तुष्टि समेत बढेको छ। 

राष्ट्र बैंकबाट प्रवर्दित पब्लिक कम्पनी भएपनि ग्राहकबाट लिएको शुल्कबाट भएको आम्दानीबाट प्रत्येक बर्ष आकर्षक लाभांश लिंदै आएको छ। पछिल्लो ४ आर्थिक बर्षमा मात्रै कनेक्ट आपीएसबाट यसका लगानीकर्ताले १७७ प्रतिशत लाभांश लिएका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved