अरुण सुमार्गीले चण्डीराज ढकाललाई ‘ध्रुबे हात्ती’ भनेपछि... (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 05:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल ‘ध्रुबे हात्ती’ भएको बताएका छन् । नेपालगन्जमा किशोर प्रधान समूहले आयोजना गरेको चुनावी कार्यक्रममा सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र वर्षौसम्म महासंघमा सेवा गरेकाहरु बाहिरिनुपर्ने बाध्यतालाई अब चिर्नुपर्ने बताए ।

‘महासंघमा एउटा ध्रुबे हात्ती छ’ सुमार्गीले भने, ‘ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि जिल्ला नगरबाट आजसम्म आनन्दराज मुल्मीबाहेक अरु व्यक्ति महासंघको नेतृत्वमा पुग्न सकेका छैनन् ।’

‘एउटा ३ दशक लामो महासंघमा सेवा गरेको किशोर प्रधान हुनुहुन्छ, अर्कोतिर पैसा र पावरको दम्भमा चुनाव जित्छु र जिताउछु भनेर हिडेको ध्रुबे हात्ती छ’ किशोर प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजकसमेत रहेका सुमार्गीले थपे, ‘अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।’

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved