प्रधानको समर्थनमा रहेका राउत केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 07:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समर्थनमा रहेका राजेन्द्र राउत निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका राउत निर्विरोध निर्वाचित भएकोमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले बधाई दिँदै दुई जना उम्मेद्वार हुने अवस्था आउन नदिन आफूले खेलेको भूमीका प्रभावकारी भएकोप्रति खुशी व्यक्त गरेका छन् ।

राउत महासंघको प्रदेश नं १ को उपाध्यक्ष हुन् । मनोनयन दर्ता गराउने समय बिहिबार पाँच बजेसम्म कायम भएपनि सो समयसम्म राउतबाहेक कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 

राउत निर्विरोध निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफ्नो गृह जिल्लाबाट उम्मेद्वारी दिएका व्यक्ति निर्विरोध निर्वाचित भएपछि आफ्नो समूह निर्वाचन हुने क्रम सुरु भएकाले यसले आफूलाई हर्षित बनाएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved