स्वदेशमै उत्पादन हुने बस्तुको आयात रोक्ने काम गर्छुः बस्तुगत सदस्यका उम्मेद्वार दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:07:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औँ साधारणसभा र निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रीय सदस्यका उम्मेद्वार छन् नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहाल । यो संघबाट प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएका उनले मूलुकमा आत्मनिर्भर उन्मुख बस्तु तथा सेवाको आयात रोकेर त्यस्ता उद्योगलाई आधारभूत संरक्षण दिलाउने काम आफूले गर्ने बताएका छन् ।

जुन बस्तुहरु स्वदेशमा नै पर्याप्त एवम् बजारको माग अनुसार उत्पादन हुन्छन्, त्यस्ता बस्तु आयात हुँदा मूलुकले वर्षेनी ठूलो धनराशी विदेश पठाउनुपर्ने बाध्यताको अन्त्यका लागि पहलकदमी लिने उदेश्यले आफूले महासंघको यात्रा तय गर्न लागेको दाहालको भनाई छ ।

‘असारदेखि अहिलेसम्म ३७ करोड रुपैयाँको स्यानिटाइजर आयात भएको सरकारी तथ्यांकले देखाउँछ’ दाहालले भने, ‘जबकी नेपालकै औषधि उद्योगहरु स्यानिटाइजर बनाउन सक्षम थिए, आवश्यकता अनुसार यही बनाउन सकिन्थ्यो ।’

यसका अलवा, कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रको पनि ज्ञान भएका दाहालले आगामी अध्यक्ष शेखर गोल्छाको कार्यकाल सफल बनाउने दृढ संकल्प बोकेर आफूले बस्तुगत संघबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको बताएका छन् ।

आगामी अध्यक्ष एवम् वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत आफ्नो समूह भनेर सहयोग गरिरहेको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको समूहबाट उम्मेद्वारी दिएका दाहालले आत्मनिर्भर उन्मुख उद्योगहरुलाई आधारभूत संरक्षण दिलाउने काम नै आफ्नो पहिलो काम हुने बताएका छन् । 

औषधि उत्पादक संघबाटै प्रतिनिधित्व गरेर चन्द्र ढकाल समूहबाट बस्तुगत उपाध्यक्षमा उम्मेद्वारी दिएका उमेशलाल श्रेष्ठले ३ पटक महासंघमा पुगेर औषधिको क्षेत्रमा कुनै काम नगरेको र अहिले सिफारिस ल्याएको संघको पक्षमा कुनै पनि फोरममा नबोलेकोप्रति दाहालले असन्तुष्टि पनि जनाएका छन् । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved