अनुभवी र युवाको बाहुल्यता रहेकाले हाम्रो जित निश्चित छः बस्तुगत सदस्यका उम्मेद्वार ढुंगेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औँ साधारणसभा र निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रीय सदस्यका उम्मेद्वार छन् नेपाल कुरियर सेवा संघका अध्यक्ष गोविन्द ढुंगेल । यो संघबाट प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएका उनले कुरियर सेवा भनेको हुलाककै काम गर्ने निजी क्षेत्रबाट प्रवाहित हुने सेवा भएको बताएका छन् ।

उनले १०१ वटै बस्तुगत संघहरु फरक फरक क्षेत्रको प्रतिनिधित्व गर्नेगरी आउने भएकाले उनीहरु सबैसँग कम्तीमा महिनामा एक पटक बसेर छलफल गर्ने र बस्तुगत सदस्यका समस्याहरु महासंघमार्फत सरकार समक्ष पुर्याउने उदेश्यले आफू पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वार बनेको बताएका छन् । 

‘म युवा पनि छु, म सँग काम गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ’ उनले भने, ‘अर्को कुरा म यहाँभन्दा अगाडी नै महासंघमा आएर परीक्षण काल बिताईसकेको व्यक्ति होइन, म फ्रेस अनुहार हुँ ।’

उनले आगामी अध्यक्ष शेखर गोल्छाले आफ्नो समूह भनेर सहयोग गरिरहेको टिममा आफू रहेकोले यो समूहमा अनुभवी र युवा पुस्ताको बाहुल्यता रहेकाले आकर्षित भएको बताएका छन् । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved