नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 08:13:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट काठमाडौँ उपत्यकाका विभिन्न तीन ठाउँमा रहेका मतदान केन्द्रबाट मतदान सुरु भएको महासंघ को निर्वाचन समितिले जनाएको छ । 

मतदानका लागि महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुनेछ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । 

प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् भने ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन् ।

जिल्लारनगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् । 

मतदाता कति ?

निर्वाचनमा विभिन्न संस्थानहरुबाट १ हजार ११६ मतदाता निर्वाचनमा सहभागिता जनाउन पाउने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ९०४ वटा एसोसियट सदस्य संस्थाहरु, ६ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधि पनि मतदानमा भाग लिन काठमाडौँ आईपुगेका छन् । 

यसैगरी बस्तुगततर्फ १०१ संघहरुले मतदान गर्ने छन् भने जना जिल्ला नगर तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन् । एसोसियट, द्विराष्ट्रिय, बस्तुगत र जिल्ला नगरका गरी जम्मा १ हजार ११६ मतदाताको नामावली महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved