महासंघको चुनाव अपडेट: जिल्ला नगर र बस्तुगततर्फ ५० प्रतिशत मत खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 12:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट सुरुभएको मतदानमा १२ बजेर ३३ मिनेट जाँदासम्म जिल्लानगर तर्फ ६५ मत र बस्तुगत तर्फ ६० मत खसेको छ।

महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये १०० प्लस मत खसेको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह (जिल्ला नगर), बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा उक्त पद अहिले सर्वाधिक महत्वपूर्ण मानिएको छ । 

तीनै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको महासंघले जनाएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेद्वारद्धय प्रधार र ढकाल आफ्ना प्यानलका मतदातालाई फोन गरी मतदान गर्न बोलाईरहेका छन् ।  गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved