महासंघको चुनावमा जिल्ला नगर तर्फको भोटिङ सकियो, कसको पल्ला भारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 02:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज जारी मतदानमा जिल्लानगर तर्फबाट मत हाल्ने काम सकिएको छ। पौने २ बजेसम्म जिल्लानगर तर्फको कुल १०५ मध्ये सबै मत खसेको जनाइएको छ। 

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्। जिल्लानगर तर्फ किशोर प्रधान समुहले ७० प्रतिशत मत पाएको आंकलन गरिएको छ।  यद्दपी औपचारिक नतिजा भने आउँन बाँकी नै रहेको छ

उद्योग वाणिज्य समूह (जिल्ला नगर) तर्फको मतदानको लागि उद्योग वाणिज्य समूह ९जिल्ला नगर समूहका प्रतिनिधिहरुले कमलादीको लोकेसनबाट भोट खसालेका थिए। बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

महासंघको चुनावमा बस्तुगत तर्फ कुल १०१ मध्ये झन्डै ७० प्रतिशत मत खसेको छ भने एसोसिएट तर्फ कुल ९०४ मत मध्ये २०० प्लस मत खसेको छ ।

त्यस्तै बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । 

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ।

यसअघि:

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट सुरुभएको मतदानमा १२ बजेर ३३ मिनेट जाँदासम्म जिल्लानगर तर्फ ६५ मत र बस्तुगत तर्फ ६० मत खसेको छ।

महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये १०० प्लस मत खसेको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह (जिल्ला नगर), बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन्।

सर्वाधिक महत्त्वपूर्ण मानिएको वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघमा वरिष्ठ उपाध्यक्षको लागि तिब्र प्रतिस्पर्धा चलेको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved