महासंघको चुनावमा बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ बिजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 10:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत  तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले आफ्ना निकटम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराएर बस्तुगत तर्फको उपाध्यक्षमा जित हासिल गरेका ।

श्रेष्ठले ६२ मत ल्याएर बिजयी भएका हुन्। श्रेष्ठका निकटम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका छन् ।

बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ बिजयी बनेसँगै किशोर प्रधान समुहलाई पहिलो ठुलो सफलता मिलेको छ। बस्तुगत तर्फ खसेको कुल १०१ मत मध्ये श्रेष्ठलाई ६२ मत हासिल गरेका छन् भने उमेश लाल श्रेष्ठले ३७ मत हासिल गरे। २ मत बदर भएका छन्।

...............................................

यसअघि 

नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक हुन् थालेको छ। साँझ ६ बजेदेखि सुरु भएको मतगणना पश्चात महासंघमा अहिले चुनावको परिणाम सार्वजनिक हुन थालेको हो। 

पछिल्लो मतपरिणामअनुसार ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ। जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट ४ जना र चन्द्र ढकाल समुहबाट १ जना निर्वाचित भएका छन् भने बागमती प्रदेशको नतिजा आउँन बाँकी छ। 

महासंघको बस्तुगत तर्फको पनि नतिजा आउँन थालेको छ। बस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ समुहबाट समान ७-७ जना निर्वाचित भएका छन्। 

यी हुन् विजयी उम्मेदवार

नरेश लाल श्रेष्ठ: ७२

सुमित कुमार केडिया: ६६

आकाश अधिकारी : ४९

प्रकाश सिंह कार्की : ५७

भक्त बहादुर हमाल : ६२

सुबोध कुमार गुप्ता : ५५

हेमराज ढकाल : ५५

..........................

अरनिको राजभण्डारी : ६४

गोबिन्द ढुंगेल : ५०

मनिष लाल प्रधान : ६०

मीनमान श्रेष्ठ: ६७

विष्णु प्रसाद गैरे: ५१

सन्दिप कुमार अग्रवाल: ५१

सुकुन्तलाल हिराचन: ५५

निर्वाचित १४ जना मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहका हुन्। 

त्यस्तै अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान ,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे,  शिव प्रसाद घिमिरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहका हुन।

बस्तुगत तर्फको उपाध्यक्षमा किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठ र चन्द्र ढकाल समुहबाट उमेशलाल श्रेष्ठ उम्मेदवार रहेका छन्। उपाध्यक्ष तर्फको मतगणना हुन् बाँकी नै रहेको छ। महासंघमा बस्तुगत तर्फको मतभार २० प्रतिशत छ भने एसोसिएटको ३० र जिल्लानगरको ५० प्रतिशत मत भार रहेको छ। 

...............................................

यसअघि:

नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक हुन् थालेको छ। साँझ ६ बजेदेखि सुरु भएको मतगणना पश्चात महासंघमा अहिले चुनावको परिणाम सार्वजनिक हुन थालेको छ। 

पछिल्लो मतपरिणामअनुसार प्रदेशतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन्। उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै पनि मत प्राप्त गर्न सकेनन्। 

त्यस्तै लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्। 

त्यस्तै गण्डकी प्रदेशबाट ९ मत ल्याएर बाबुराम गिरी केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। गिरीले आफ्ना निकटम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठलाई ३ मतले पराजित गरेका हुन्। 

प्रदेश ६ बाट लालिमान बुढाले ७ मत ल्याएर जितेका छन्। उनले आफ्ना निकटम्  प्रतिद्वन्द्वी प्रकास अधिकारीलाई ४ मतले पराजित गरेका हुन्। 

त्यस्तै सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायलाई ६ मतले पराजित गरेका छन्।

प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । वागमती प्रदेशको मतगणना हुन बाँकी छ ।

केन्द्रिय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएकाहरुमा प्रदेश २ का शाह, गण्डकी प्रदेशका गिरि, प्रदेश ६ का बुढा र प्रदेश ७ का कुमार किशोर प्रधानका समुहका हुन् भने प्रदेश ५ बाट निर्वाचित भएका जम्सेर मियाँ ढकाल समुहका हुन्  ।

यसअघि: 

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको इतिहासमा नै पहिलो पटक शतप्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्ला नगरतर्फ १०५, एसोसिएटतर्फ ९०३ र वस्तुगततर्फ १०१ मतदाता रहेकामा सबै मतदाताले मतदान गरेका हुन् । 

मतगणना साँझ ६ बजेपछि कमलादीस्थित प्रज्ञा भवनमा हुने छ ।

जिल्ला नगर तर्फका मतदाताले कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएट तर्फका मतदाताले कार्की ब्याङ्केट र वस्तुगत तर्फका मतदाताले महासंघको केन्द्रीय कार्यालय टेकुस्थित बुथमा मतदान गरेका थिए ।

.................................................................................................................................................................................

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज जारी मतदानमा जिल्लानगर तर्फबाट मत हाल्ने काम सकिएको छ। पौने २ बजेसम्म जिल्लानगर तर्फको कुल १०५ मध्ये सबै मत खसेको जनाइएको छ। 

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्। जिल्लानगर तर्फ किशोर प्रधान समुहले ७० प्रतिशत मत पाएको आंकलन गरिएको छ।  यद्दपी औपचारिक नतिजा भने आउँन बाँकी नै रहेको छ

उद्योग वाणिज्य समूह (जिल्ला नगर) तर्फको मतदानको लागि उद्योग वाणिज्य समूह ९जिल्ला नगर समूहका प्रतिनिधिहरुले कमलादीको लोकेसनबाट भोट खसालेका थिए। बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

महासंघको चुनावमा बस्तुगत तर्फ कुल १०१ मध्ये झन्डै ७० प्रतिशत मत खसेको छ भने एसोसिएट तर्फ कुल ९०४ मत मध्ये २०० प्लस मत खसेको छ ।

त्यस्तै बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । 

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भइरहेको छ।

................................................................................................................................................................................

यसअघि:

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट सुरुभएको मतदानमा १२ बजेर ३३ मिनेट जाँदासम्म जिल्लानगर तर्फ ६५ मत र बस्तुगत तर्फ ६० मत खसेको छ।

महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये १०० प्लस मत खसेको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह (जिल्ला नगर), बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन्।

सर्वाधिक महत्त्वपूर्ण मानिएको वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघमा वरिष्ठ उपाध्यक्षको लागि तिब्र प्रतिस्पर्धा चलेको हो।

थप जानकारीको लागि

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved