जिल्लानगर तर्फको केन्द्रिय सदस्यमा अरुण सुमार्गी भारी मतले विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 10:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघमा जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा अरुण राज सुमार्गी भारि मतले बिजयी भएका छन्। जिल्ला नगर तर्फ खसेको कुल १०५ मत मध्ये अरुण सुमार्गीले मात्रै ६६ मत ल्याएर निर्वाचित भएका हुन्। 

किशोर प्रधान समुहबाट आफ्नो उम्मेदवारी दिएका सुमार्गीले मकवानपूर उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिएका थिए। जिल्ला नगरका उद्योग वाणिज्य संघको पृष्ठभूमीलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताउने सुमार्गीले सुमार्गी २०६६ देखि २०६८ सम्म मकवानपूर उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए । त्यसपछि २०६८ देखि उद्योग वाणिज्य महासंघको मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष भए । २०७४ सालमा उनी बागमती प्रदेश ९तत्कालिन ३ नम्बर प्रदेश० को तदर्थ समितिको संयोजक भएर चुनाव गराए ।

त्यसपछि महासंघकी अध्यक्ष भवानी राणाले सुमार्गीलाई मनोनित गरेर महासंघको केन्द्रीय सदस्यमा ल्याएकी हुन् । सन् २०११ मा सुरज वैद्य अध्यक्ष हुदादेखि महासंघको केन्द्रमा प्रवेश गरेका उनीसँग हालसम्म ४ अध्यक्ष र ३ कार्यकाल काम गरेको अनुभव छ । महासंघले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउँदा स्मारिका तयार पार्ने र जिल्ला नगरको सूचना संकलन गर्ने समितिमा संयोजक भएर उनले काम गरेका थिए ।

आफू जिल्ला नगर पृष्ठभूमीबाट आएको हुनाले उनले विभिन्न जिल्लामा देखिएका विवादहरु सहजै मिलाएका उदाहरण पनि छन् । विवादका कारण हुन नसकेको कालिकोट उद्योग वाणिज्य संघको साधारण सभा गराउन सफल सुमार्गीले अछाम उद्योग वाणिज्य संघमा चर्किएको विवाद पनि सहजै समाधान गराएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved