महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 08:12:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन्। ढकाल प्रतिद्वन्द्वी किशोर प्रधानलाई पारजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन।

ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत, २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत र ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ल्याएर बिजयी भएका हुन्।  ढकालका प्रतिद्वन्दी प्रधानले एशोसियटमा ३७५ मत, बस्तुगतमा ३९ मत र जिल्लानगरमा ५३ मत ल्याए। 

आइमई समुहका अध्यक्ष समेत रहेका ढकाल ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थामा आवद्ध छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved