यी हुन् एसोसिएटबाट महासंघको केन्द्रिय सदस्यमा निर्वाचित सदस्य (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 08:46:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट तर्फबाट उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। संघाईले प्रतिद्वन्द्वी सौरभ ज्योतिलाई पराजित गर्दै महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा विजयी भएका हुन्। 

त्यस्तै एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा पनि वरिष्ठ उपाध्यक्षमा बिजयी भएका चन्द्र ढकाल प्यानलबाट नै धेरै निर्वाचित भएका छन्। एसोसिएटबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा सबै भन्दा बढी मत अम्बिका प्रसाद पौडेलले ल्याएका छन्। एसोसिएट तर्फ खसेको कुल ८९० मत मध्ये पौडेलले ८०२ मत ल्याएका छन्। 

एसोसिएट तर्फ निर्वाचित हुनेहरुमा ढकाल समुहबाट ८ जना रहेका छन् भने बाँकी किशोर प्रधान प्यानलबाट निर्वाचित भएका छन्।  विराट थापा र मंगेशलाल श्रेष्ठले समान ४९७ मत ल्याएका छन्। ती दुई मध्ये गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ । 

एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन  ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य  ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल  ७३३, शैलेन्द्र गुरागाई ६६५,  सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९  रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved