महासंघको ५४ औ साधारणसभाको एक दुर्लभ दृष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 06:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारणसभाको क्रममा एक रमाइलो दृश्य देख्न पाईएको छ । साधारणसभा कार्यक्रम अन्तर्गत आइतबार सोल्टी होटेलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका प्रमुख उपेन्द्र केशरी न्यौपानेले सम्बोधन गर्ने क्रममा यो रोचक दृष्य देखिएको हो ।

न्यौपानेले कार्यक्रमलाई सम्बोधन गरिरहंदा वरिष्ठ उपाध्यक्षमा पराजित कोशोर कुमार प्रधानले सोहि पदमा निर्वाचित चन्द्र ढकाललाई माला लगाईदिएको दृष्यले सबैको ध्यान तानेको हो । सोल्टी होटेलमा आयोजित निर्वाचित सदस्यहरुलाई सम्मानपत्र वितरण कार्यक्रममा यस्तो दृष्य देखिएको हो ।

माला लगाउने क्रममा भावुक बनेका प्रधानले ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् । प्रधानले माला लगाएर शुभकामना दिंदै गर्दा कार्यक्रममा उपस्थित पुर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष तथा नव निर्वाचित सदस्यले तालि बजाएर स्वागत गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved