'पछिल्ला ३ वर्षको तनावले झन् बलियो भएको छु' सपथ ग्रहणमा गोल्छा (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 09:51:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सपथ ग्रहण कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले दिएको मन्तव्यः

आदरणीय निवर्तमान अध्यक्ष ज्यूं

आदरणीय पुर्व अध्यक्ष ज्यूहरु

पदाधिकारी साथीहरु

कार्यसमितिका साथीहरु

सचिवालयका साथीहरु

पत्रकार मित्रहरु

एवं उपस्थित महिला तथा सज्जन वृन्द

नेपाल उद्योग बाणिज्य महासंघ जस्तो गरिमामय संस्थाको नेतृत्व सम्हालिरहदा मलाई यो यात्रामा साथ सहयोग, हौसला र मार्गदर्शन गर्नु हुने सम्पुर्ण सदस्य साथीहरु, अग्रजहरु, पुर्व एवं निवर्तमान अध्यक्षज्यूहरु, सचिवालयका साथीहरु, शुभचिन्तकहरु, पत्रकार साथीहरु एवं मेरो परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै नमन गर्न चाहन्छु ।

यहाहरुलाई विदितै छ म र मेरो परिवार उद्यम व्यवसायमा मात्र नभइ महासंघ र समग्र नीजि क्षेत्रको हक हितका लागि सधै लागिरहेका छौ । मेरो हजुरबुवा स्वर्गिय श्री रामलाल गोल्छाले पहिलो उद्योग स्थापनामा योगदान गर्नुभयो । मेरो बुवा स्वर्गिय श्री हुलासचन्द गोल्छाले व्यवसाय विस्तारसंगै महासंघ स्थापना र यसको विधान लेखनमा समेत योगदान पुर्याउनुभयो । उहाले आपूmले स्थापनामा योगदान दिएको संस्थाको नेतृत्व गरि महासंघ र निजी क्षेत्रको सेवा गर्न चाहनुहुन्थ्यो । तर उहाको सपना अधुरै रह्यो । दाजु स्वर्गिय श्री दिवाकर गोल्छा जसले हाम्रो समूह विस्तारमा महत्वपुर्ण योगदान दिनुभयो, उहा पनि महासंघको नेतृत्व गर्न चाहनुहुन्थ्यो । तर उहा पनि उपाध्यक्षबाट बाहिरनु पर्यो ।

अब उहाहरुको सपना पुरा गर्ने एवं महासंघ र निजी क्षेत्रले भोग्नुपरेका वर्तमान चुनौतिको सामना गर्ने दायित्व र अवसर मलाई प्राप्त भएको छ । सम्पुर्ण निजी क्षेत्रको भरोसाको केन्द्र र म र मेरा परिवारका लागि मन्दिरको रुपमा रहेको महासंघ र निजी क्षेत्रको सेवा गर्ने अवसर प्राप्त भएकोमा म आपूmलाई भाग्यमानी एवं धन्य सम्झेको छु ।

यहाहरु सबैको साथ र सहयोग विना यो सम्भव थिएन । आजको यस अवसरमा म निवर्तमान अध्यक्ष श्री भवानी राणा ज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । उहा नेपालको निजी क्षेत्र र महासंघका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ । पुरुषहरुमात्रै नेतृत्वमा आउने गरेकोमा पहिलो महिला अध्यक्षको रुपमा उहाले दिएको नेतृत्व अनुकरणीय र उदहरणीय छ । उहाले निजी क्षेत्रको सम्मान र महासंघको गरिमा बढाउन निक्कै मेहेनत गर्नुभयो र सफल पनि हुनुभयो । त्यतिमात्रै होइन कोभिड १९ को संक्रमण र त्यसलाई रोक्न विभिन्न समयमा लागेको लकडाउन र निषेधाज्ञाले प्रभावित निजी क्षेत्रलाई राहत दिन अहोरात्र खटनुभयो । महासंघलाई सफल नेतृत्व प्रदान गर्नुभएकोमा म उहालाई वधाइ एवं धन्यवाद दिन चाहन्छु । उहाको नेतृत्वमा बरिष्ठ उपाध्यक्षको रुपमा काम गर्न पाउदा पाउदा निक्कै गौरवान्वित महसुस गरेको छु ।

आजको यस अवसरमा भर्खरैमात्र निवर्तमानबाट पूर्व अध्यक्ष हुनुभएका श्री पशुपति मुरारकाज्यूप्रति उहाको निरन्तरको साथ सहयोग र मार्गदर्शनका लागि आभार व्यक्त गर्दछु । उहाले मेरा कठिन समयमा पनि निश्वार्थ रुपमा गर्नु भएको सहयोग र मार्गदर्शनले मेरो अध्यक्षसम्मको यात्रा सहज भयो । श्री मुरारकाका रुपमा एक असल अभिभावक, मित्र र पथप्रदर्शक पाएकोमा म आपूmलाई भाग्यमानी सम्झन्छु । उहाको यही साथ र सहयोग निरन्तर रहनेछ भन्ने अपेक्षा गरेको छु ।

मेरो महासंघमा दुइ दशक बढिको यात्रामा सधै सहयोग र मार्गदर्शन गर्नु भएकोमा सम्पूर्ण पुर्व अध्यक्षजूहरु प्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । अब म नेतृत्वमा आइसकेपछि यहाहरुको मार्गदर्शनको मलाई थप आवश्यकता पर्नेछ । यहाहरुको आर्शिवाद निरन्तर रहनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु ।

मेरा लागि महासंघसंगको आवद्धता र नेतृत्वसम्मको यात्रा निक्कै सुखद र सिकाइको अवसर बन्यो । पछिल्ला तीन बर्षमा विधान संसोधनका नाममा म लक्षित विभिन्न गतिविधिले मलाई निक्कै मानसिक तनाव दिएपनि यसलाई पनि मैले सिकाइकै रुपमा लिएको छ । यसले मलाई बलियो बनाएको छ । महासंघलाई गुटउपगुट, राजनीति मुक्त बनाइ पारदर्शि र समावेश बनाउनुपर्ने आवश्यकता महसुस गराएको छ । र मेरो अबको काम कारवाही व्यवसायिक, पारदर्शि र जवाफदेही हुने विश्वास दिलाउन चाहन्छु ।

निर्वाचन पश्चात नया नेतृत्वमा आउनुभएका बरिष्ठ उपाध्यक्ष श्री चन्द्र ढकालज्यू, उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यू, श्री अन्जन श्रेष्ठज्यू र श्री रामचन्द्र संघाइ ज्यू लगायत सम्पुर्ण कार्यसमितिका साथीहरुलाई म बधाइ दिन चाहन्छु । 

निर्वाचनसम्म प्यानल र गुट उपगुट भएपनि आजदेखि हामी एक हौ भनेर मैले भनिरहनै पर्दैन । किनकि तपाइहरु सबै वुद्धिमान र विवेकशील हुनुहुन्छ । एकताको महत्व हामी सबैले बुझेकै छौ । हिजो अस्तिसम्म यदि केहि टिकाटिप्पणी असमझदारी, घोचपेज वा मनमुटाव केहि थिए भने अब ती सबैलाइ बिसाएर अब समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समपर्तित गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।

मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु । संगसैगै दिगो र दरिलो अर्थात रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको छ । यो रणनीतिपत्र अहिले केहि बेरमा कार्यकारिणी समितिमा प्रस्तुत गरि तत्काल कार्यान्वयनमा लाने मेरो योजना छ ।

दिगो आर्थिक वृद्धि, रोजगारी र राजश्वको मुख्य स्रोत निजी क्षेत्र हो । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको बढि भन्दा बढि योगदान पुर्याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य शर्त हो । हामी दोहोरो अंकको आर्थिक वृद्धि, बार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा नियन्त्रण गरि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकार वा अन्य सरोकारवालासंग पहल गर्नुका साथै आप्mनो तर्पmबाट पनि योगदान गर्न चाहन्छौ । हामीले तयार पारेको रणनीतिपत्रको लक्ष्य पनि यही हो ।

यसैगरि सचिवालयको सुदृढिकरण मेरो अर्को प्राथमिकता हो । सबै सदस्यले अपनत्व महसुस गर्ने गरि महासंघमा पुर्वाधार बिकास गर्नुका साथै सेवा प्रवाह पनि चुस्त बनाइने छ । सबै सदस्यहरु एवं यहा कार्यरत कर्मचारीहरुले अभैm गर्ब गर्न लायक संस्थाको रुपमा थप परिस्किृत गर्ने योजना छ । यसैगरि विधान संसाधन अर्को प्राथमिकता हो । सबैसंगको सल्लाह र परिवर्तित अवस्थाको माग अनुसार विधानमा समय सान्दर्भिक संसोधन गरिनेछ ।

मेरा यी सब योजना कार्यान्वयन गर्न म एक्लैले सम्भव हुने छैन । हाम्रो कार्यसमिति यी योजना कार्यान्वयनमा जुटनेछ । महासंघ हामी सबैको धरोहर हो । महासंघको जति प्रतिष्ठा बढदै जान्छ त्यति नै हाम्रो पनि इज्जत बढदै जानेछ । महासंघ जति स्वच्छ र पारदर्शि वन्दै जानेछ हामी सबैको सम्मान पनि बढदै जानेछ । त्यसैले हामी सबैमिलेर अग्रजहरुले यहासम्म पुर्याउनुभए महासंघ र निजी क्षेत्रको गरिमा बढाउन काम गरौ । अग्रजहरुको आर्शिवाद, सरकारको विश्वास र समग्र निजी क्षेत्रको सहयोग रहने मलाई विश्वास छ ।

पुनः एकपटक यहाहरुकोसदासयताका लागि धन्यवाद दिदै आप्mनो भनाइ यही टुंग्याउछु धन्यवाद ।

मिति २०७७ मंसिर १४

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved