कोषाध्यक्ष निर्वाचितसँगै महासंघको पदाधिकारी समितिले पूर्णता पायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 04:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । विधान अनुरुप आज कोषाध्यक्ष पदको निर्वाचन भएसंगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको हो ।

महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरु डि.बी.बस्नेत र सुकुन्तलाल हिराचनले कोषाध्यक्ष्ँ पदको लागि उम्मेद्वारी दिएका थिए । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणाम अनुसार हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको मत मध्ये हिराचनले ४० र बस्नेतले ३१ मत ल्याएका छन् । निर्वाचित भएसंगै कोषाध्यक्ष हिराचनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved