अध्यक्ष गोल्छा भन्छन्, ‘उद्योगको कस्ट अफ फण्ड घटाउन पहल गर्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 01:28:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात जन्य उत्पादनलाई अर्थतन्त्रको मुख्य इन्जिनको रुपमा विकास गर्ने गरी महासंघले दृष्टिकोण बनाउने बताएका छन् । निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी सरकारसँग महासंघले पहल गर्ने बताएका हुन् ।

अध्यक्ष गोल्छाले अबको सय दिन भित्र महासंघको स्पष्ट दृष्टिकोण सार्वजनिक गरिने बताएका छन् । अर्थतन्त्रको इन्जिनको रुपमा अहिले रेमिट्यान्स मात्रै रहेको र कुनैपनि बेला रेमिट्यान्स घट्दा मूलुकको अर्थतन्त्र नै जोखिममा पर्न सक्ने भएकाले अर्थतन्त्रको अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गर्ने गरी महासंघले दृष्टिकोण सार्वजनिक गर्ने गोल्छाको भनाई छ । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले निर्यात प्रवद्र्धन हुन नसकेको बताउँदै गोल्छाले निर्यातजन्य उद्योग व्यवसायको ‘कस्ट अफ फण्ड’ घटाउने विषयमा महासंघले सरकारसँग पहल गर्ने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्यातलाई प्रवद्र्धन गर्न नसक्नुको कारण खोजेर जहाँ जहाँ नीतिगत समस्या देखिएका छन् तीनलाई सुधार गर्न महासंघले पहल कदमी लिने बताएका छन् । निर्यात प्रवद्र्धनका लागि गरिनुपर्ने नीतिगत सुधार तत्काल गर्न सरकार समक्ष महासंघले सक्रियता पूर्वक उद्योगी व्यवसायीका भनाई राख्ने ढकालले आश्वासन दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved