जसको पल्लाभारि उसकै गोजीको मान्छे भावी गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 02:36:33 PM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय क्षेत्रमा चर्चामा रहेका दुई विषय हुन, डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन र आगामी गभर्नर। दुइ फरक विषय भएपनी एक अर्कामा अन्तरनीहीत देखिन्छ। 

आगामी गभर्नरको नियुक्तिलाई लिएर राष्ट्र बैंक भित्र एकले अर्कालाई सिध्याउने खेल सुरु भईसकेको जानकारहरु बताउँछन। डेपुटी गभर्नर श्रेष्ठको निलम्बन त्यहि खेलको 'ट्रेलर' मात्र भएको जानकारहरुको दाबि छ।

गभर्नरको लाइनमा एक दर्जन आंकाक्षी देखिएका छन। 'सास रहेसम्म आश रहन्छ' भनेजस्तै यतिबेला गभर्नरको दौडमा रहेकाहरु राजनीति च्यानल मिलाउन ब्यस्त देखिन्छन। नेकपा नेतृत्त्वको सरकार रहेकाले पार्टीगत रुपमा नेकपामा आस्था राख्नेहरु मध्येबाट नै कोहि एक गभर्नर बन्ने देखिन्छ। 

यतिबेला गभर्नरको दौडमा बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई प्रमुख दाबेदारको रुपमा लिइएको छ। शिवाकोटीलाई राष्ट्र बैंकभित्र नेकपाको नेताको रुपमा समेत लिईने गरिएको छ। त्यसअर्थमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्बाद पाएको अवस्थामा उनि गभर्नर बन्ने सम्भावना अधिक रहेको बताइन्छ। यद्दपी अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेसंगै राष्ट्र बैक भित्रबाट गभर्नर बन्ने च्याप्टर नै क्लोज भएको समेत विश्लेषण गरिएको छ।

त्यस्तै प्रधानमन्त्री ओलीको प्रस्तावमा वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी पनि गभर्नर बन्न सक्नेछन। रेग्मीले मुखै फोडेर प्रधानमन्त्री ओलीसंग गभर्नर पद मागेको बजार चर्चा छ।     

त्यस्तै डा. मिनबहादुर श्रेष्ठलाई पनि आगामी गभर्नरको रुपमा हेर्न थालिएको छ। नेकपाका अध्यक्ष रहेका पुष्प कमल दाहाल प्रचण्डको निर्णय हाबी भएको अवस्थामा श्रेष्ठनै अबको गभर्नर बन्ने बजार चर्चा छ। प्रचण्ड प्रधानमन्त्री हुँदा योजना आयोगका उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत हुन। 

त्यस्तै गभर्नरका अर्का दाबेदार हुन्, बेलायतमा रहेर प्राध्यापक पेशा गरिरहेका डा. कुलबहादुर लुइटेल। अर्थमन्त्री ड़ा युबराज खतिवडाको निर्णय हाबी भएको अवस्थामा उनि नै अबको गभर्नर बन्ने दाबि गरिएको छ। राष्ट्र बैंकभित्र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरबाट निलम्बन गरीएपनि यसको आगोले चिन्तामणि र भावी अर्का डेपुटी गभर्नरलाई समेत छुने भएकाले राष्ट्र बैंक भित्रबाट गभर्नरलाई क्यान्डीडेट नरहने हुँदा लुइँटेललाई गभर्नरको रुपमा हेरिएको छ। यद्दपी अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डको सिइओ महाप्रसाद अधिकारी पनि अर्थमन्त्री खतिवडाको रोजाईका व्यक्ति हुन्।    

प्रधानमन्त्री पत्नि राधिका शाक्यको चाहना भने निलम्बीत श्रेष्ठलाई गभर्नर बनाउने रहेको बताइन्छ। तर श्रेष्ठमाथि सरकारकै निर्देशनमा छानविन समति गठन भएर छानविन भइरहेकाले अब गभर्नरको दौडमा श्रेष्ठ नरहेको बताइएको छ। 

गभर्नको दौडमा योजना आयोगका पुर्व सदस्य तथा अर्थविद डा.चन्द्रमणी अधिकारी, राष्ट्र बैंकक संचालक समिति सदस्य डा. सुवोधकुमार कर्ण, राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञावली, भिष्मराज ढुङ्गाना, बासुदेव अधिकाररी लगायत छन्।

राष्ट्र बैंकको वर्तमान गभर्नर डा. चिरिन्जीवी नेपालको कार्यकाल अगामी चैतमा सकिदै छ। उनको कार्यकाल सकिन १ महनिा अगाडी नै उनको ठाउँमा बस्ने अर्को मान्छे सरकारले नियुक्ती गरिसक्नुपर्ने हुन्छ । गभर्नर नियुक्त गर्नको लागि बहालवाल अर्थमन्त्री को नेतृत्वमा सिफरिस समिति बन्छ। उक्त समितिले बहालवाला डेपुटी गभर्नर १ जना सहित ३ जनाको नाम मन्त्रीपरिषदलाई सिफारिस गर्छ। सिफारिस गरिएका मध्यबाट एकलाई गभर्नर नियुक्त गर्ने ब्यवस्था छ।


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved