३४ लघुवित्तको नाफा १ अर्ब १६ करोड, कुनमा लगानी बढी प्रतिफलमुलक ?

विजय पराजुली

विजय पराजुली

Nov 12, 2019 | 12:41:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत ५० वटा लघुवित्त कम्पनी मध्ये ३४ वटा लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन्। गत वर्षको तुलनामा लघुवित्तको मुनाफा जगेडा कोष तथा चुक्ता पुँजीमा उल्लेख्य प्रगति हाँसिल गरेको छन् । त्यस्तै लगानी विस्तारको कारण लघुवित्तहरुको खराब कर्जा भने वृद्धि भएको छ । अधिकांश लघुवित्तले पुँजी वृद्धिलाई प्राथमिकतामा राखेको देखिन्छ ।

खदु मुनाफा

गत वर्षको तुलनामा ३४ वटा लघुवित्तको मुनाफा ५२ प्रतिशतले वृद्धि भएर १ अर्ब १६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा प्रथम त्रैमासमा आरम्भ र स्पर्श लघुवित्त नोक्सानीमा रहेका थिए । अन्य ३२ वटा लघुवित्तको कुल नाफा ७६ करोड ६२ लाख रहेको थियो । यस अवधिमा सबै भन्दा धेरै मुनाफा छिमेकले आर्जन गर्दा सबै भन्दा कम मुनाफा आर्जन गर्नेमा सपोर्ट लघुवित्त रहेको छ । छिमेक लघुवित्तले २२ करोड २२ लाख मुनाफा आर्जन गर्दा सपोर्ट लघुवित्तले १३ लाख ६५ हजार मुनाफा आर्जन गरेको छ । यस अवधिमा किसान लघुवित्त र महुली सामुदायीक लघुवित्तको नाफा घटेको छ भने अन्यको वृद्धि भएको छ ।

चुक्ता पुँजी

गत आर्थिक बर्षको प्रथम त्रैमासका्े तुलनामा चालु आर्थिक वर्षमा लघुवित्तको चुक्ता पुँजी २९.३६ प्रतिशतले वृद्धि भएर १० अर्ब १ करोड ४४ लाख पुगेको छ । जसमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी निर्धन उत्थानको १ अर्ब २० करोड र सबैभन्दा कम आरम्भ र सपार्टको ६ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उल्लेखित लघुवित्तको चुक्ता पुँजी ७ अर्ब ७४ करोड १५ लाख रहेको थियो । यस अवधिमा प्रतिशतको आधारमा सबैभन्दा धेरै पुँजी बढाउनेमा नयाँ नेपाल लघुवित्त रहेको छ । नयाँ नेपाल लघुवित्तको चुक्ता पुँजी २४० प्रतिशतले वृद्धि भएको छ ।



कर्जा लगानी

एक वर्षको अवधिमा ३४ वटा लघुवित्तले औषतमा ३३.१५ प्रतिशतले कर्जा विस्तार गरी १ खर्ब ४० अर्ब ३० करोड पुर्याएका छन् । गत आर्थिक वर्षको प्रथम त्रैमासमा यि लघुवित्तले १ खर्ब ५ अब ३६ करोड कर्जा लगानी गरेका थिए । यस अवधिमा सबैभन्दा धेरै कर्जा लगानी निर्धन उत्थान लघुवित्तको रहेको छ भने सबैभन्दा कम आरम्भ माइक्रफाइनान्सको रहेको छ । निर्धनले असोज मसान्त सम्ममा २० अर्ब १३ करोड भन्दा माथि कर्जा लगानी गर्दा चौतारी सँग मर्जरमा जान लागेको आरम्भले ५८ करोड ८० लाख कर्जा लगानी गरेको छ ।

खराब कर्जा

लघुवित्तहरु कर्जा विस्तार गर्दा खराब कर्जा बढेको छ। गत आर्थिक वर्षमा १.३५ प्रतिशत रहेको लघुवित्तहरुको औषत् खराब कर्जा चालु आर्थिक वर्षमा १.४ प्रतिशत पुगेको छ । अधिकांश लघुवित्तको खराब कर्जामा भएको वृद्धिको कारण समग्रमा खराब कर्जा बढेको हो । यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा सपोर्ट लघुवित्तको ३.८६ प्रतिशत र सबैभन्दा कम आरएमडीसि र फस्ट माइक्रोफाइनान्सको शुन्य प्रतिशत रहेको छ । यी दुईले थोक कर्जा मात्र प्रवाह गर्ने भएकोले खराब कर्जा शुन्य भएको हो । 

प्रतिशेयर नेटवर्थ र आम्दानी

उक्त अवधिमा लघुवित्तहरुको प्रति शेयर आम्दानी वार्षिक औषतमा ३६ रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ औषतमा १ सय ८३ रुपैयाँ ८३ पैसा रहेको छ । सबैभन्दा बढी प्रतिशेयर आम्दानी परवार्ड कम्युनीटि माइक्रोफाइनान्सको ८८ रुपैयाँ पैसा हुँदा सबैभन्दा कम सपोर्ट माईक्रोफइनान्सको ९ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै नेटवर्थ प्रतिशेयर भने स्वाबलम्बन लघुवित्तको ३ सय १६ रुपैयाँ ४३ पैसा र सबैभन्दा कम चौतारी लघुवित्तको १ सय ५ रुपैयाँ १५ पैसा रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved