गोकर्ण विष्ट मन्त्रीबाट हटेपछि रातभर ‘ककटेल पार्टी’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 11:38:26 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट पदमुक्त भएपछि म्यानपावर व्यवसायी खुशी भएका छन् । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्री विष्ट पदमुक्त भएका हुन् । उनी मन्त्रीबाट हटेको जानकारी सार्वजनिक हुनासाथ वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउँदै आएका म्यानपावर व्यवसायी खुशी भएका हुन् ।

विष्ट मन्त्रिपरिषद्बाट बर्खास्तीमा परेको खबर आउनासाथ व्यवसायीले रातभर जसो खुशीयाली र पार्टी मनाएका छन् । डेढ वर्ष मलेशिया रोजगारी बन्द गरेर व्यवसाय र वैदेशिक रोजगारीमा जान चाहानेलाई मर्कामा पार्ने मन्त्री हटेको भन्दै राजधानीका विभिन्न स्थानमा बुधबार बेलुका खुशीयालीसहित कक्टेल पार्टीको आयोजना भएको छ । लामो समय मलेशिया रोजगारी बन्द गराएको र केही महिना अघि खुलाउँदा पनि पहिलेभन्दा बढी शुल्क तिर्नुपर्ने गरि खुलाएको भन्दै व्यवसायी रुष्ट छन् । 

वैदेशिक रोजगारीलाई नेपाली श्रमिक मैत्री बनाउन भन्दै विष्टले मन्त्रीमा रहँदा विभन्न योजना ल्याएका थिए । तर व्यवसायीले भने धरौटी बढाएर सरकारले फ्रि भिषा र फ्रि टिकटको नारा लगाएको भन्दै आपत्ति जनाउँदै थिए । आफूहरुलाई मर्कामा पार्ने मन्त्री हटेको खुशीयालीमा बुधबार रातभर पार्टी दिएका व्यवासायीले बिहिबार बेलुका पनि काठमाडौँको नयाँ बसपार्क, चाबहिल, गौशाला लगायतका क्षेत्रमा पार्टी दिने योजना बनाएका छन् । एक व्यवसायीले अबको एक हप्ता काठमाडौँका होटल तथा लज म्यानपावर व्यवसायीले भरिने र लाखौको कारोबार हुने दाबी गरे ।

पुनर्गठित मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी रामेश्वर राय यादवले पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved