अर्थतन्त्र सकारात्मक बाटोमा

विजय पराजुली

विजय पराजुली

Nov 21, 2019 | 02:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो तथ्याङकले नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडी बढेको देखाउन लागेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासको तथ्याङ्कले पनि अर्थतन्त्र सकारात्मक बाटोमै रहेको देखाउँछ । नेपाल राष्ट्र बैंकले चालु आर्तिक वर्षको प्रथम त्रैमासको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

आयात र निर्यातमा देखिएको सुधार, बैंकिङ क्षेत्रमा देखिएको स्थायित्व, विदेशी विनिमय संचिति बढ्दै जानु, सोधनान्तर स्थिती सकारात्मक हुनु लगायतलाई आधार मान्ने हो भने अर्थतन्त्र सुधारको दिशामा रहेको विज्ञहरु बताउँछन । 

चालु आर्थिक वर्षको प्रथम त्रैमासको डाटाले पनि कृषि बाहेको अन्य क्षेत्रमा सरकारको अपेक्षा अनुसराकै योगदान रेहकोले पनि आर्थिक वृद्धिको लक्ष्य सकारात्मक दिशामा रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख डा. गुणकार भट्ट बताउँछन् । यद्यपी विभिन्न रोग तथा अन्य कारणले धानको उत्पादनमा वृद्धि हुन नसक्दा त्यसले समग्र आर्थिक वृद्धिलाई प्रभावित पार्ने हो की आशंका उब्जिएको उनको भनाई छ । 

तर अहिले नै कृषि क्षेत्रको योगदान कस्तो हुन्छ भन्ने अवस्था नरहेको उनी बताउँछन । हिउँदे नगदे बाली लगायतको उत्पादनले टेवा दिने हो भने कृषि उत्पादनको योगदान पनि अपेक्षा अनुसार हुने सक्ने तर अहिलेकै प्रारम्भीक डाटाले कृषि उत्पादन भने अपेक्षाकृत नभएको उनको भनाई छ । ‘निमार्ण कार्य, शिक्षा, स्वास्थ्य, सेवा लगायको क्षेत्रमा राम्रो प्रगति भएको भन्ने सुचना आएको छ त्यसले विगतको आर्थिक वृद्धिको गतिले निरन्तरता पाउने देखिएको छ’ डा. भट्टले भने । 

मुद्रा स्फितीमा केही दबाव देखिएको उनको भनाई छ । यसले गर्दा आफुर्ती व्यवस्थालाई थप सहज बनाउनुपर्ने, आन्तरिक उत्पादनलाई बढाउनुपर्ने अवस्था देखिएको छ । उनले भने ‘भारतको मुद्रा स्फिती नै धेरै माथि गयो जसको दवाब नेपालमा देखिएको हो ।’ भारतमा ३ महिनामा नै ३ प्रतिशतबाट ४.६ प्रतिशत पुगेको छ । स्थिर विनीमय दर लगायतको कारण त्यसको प्रभाव नेपालमा देखिएको हो  । त्यसैले नेपालमा पनि ६.२१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुद्रा स्फिती ४.६८ प्रतिशत मात्रै थियो ।

बाह्य क्षेत्रमा भने सन्तुलन नै कायम रहेको डा. भट्ट बताउँछन । ब्यापार घाटा घट्नु सकारात्मक संकेत भएको उनको भनाई छ । तर निर्यात पाम आयलमा निर्भर भएको हो की भन्ने पनि देखिएको छ । यसलाई दिगो बनाउन रेडिमेट गारमेन्ट, पस्मीना, जुट, मह लगायत बस्तुको निर्यात बढाउन नसकेमा निर्यातको ग्रोथलाई दिगो बनाउन गाह्रो हुने उनको भनाई छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्यात १४.४ प्रतिशतले वृद्धि हुँदा आयात भने १०.३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार ब्यापार घाटा १२ प्रतिशतले घटेको छ । 

पेट्रोलीयमको, ट्रान्सपोटेसन इक्वीमेट तथा भेहिकलको आयात घटेकोले पनि नेपालको बाह्य क्षेत्र सकारात्मक रहेको उनको भनाई छ । रेमिट्यान्स गत वर्षमै  उच्च विन्दुमा पुगेकोले यो वर्ष ग्रोथ नदेखिएको डा. भट्ट बताउँछन् । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासको तथ्यांकमा रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । ब्यापार घाटा घट्दा संचिती र सोधनान्तर स्थिती पनि सकारात्मक बन्दै गएको उनको भनाई छ । गत वर्षको प्रथम त्रैमासमा ३५ अर्ब ४२ करोडले घाटामा रहेको सोधनान्तर स्थिती चालु वर्ष भने १४ अर्ब ४३ करोडले बचतमा रहेको छ । विदेशी विनीमय संचिती असार मसान्तमा १० खर्ब ३८ अर्ब रहेकामा असोज मसान्तमा आउँदा १० खर्ब ८७ अर्ब पुगेको छ ।

उनका अनुसार सरकारले पुँजीगत खर्च बढाउने हो र त्यही अनुसारको विदेशी लगानीको प्रतिवद्धतालाई पनि कार्यान्वयन गर्दै जाने हो भने यो वर्ष बैंकहरुमा कर्जा लगानीको समस्या नपर्ने बताए । यसले वित्तीय क्षेत्रमा पनि सवलता आएको देखाउने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved