बेमौसमी पानीका कारण ८६ करोड बढीको ईटा नष्ट

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 14, 2019 | 11:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बेमौसमी पानीका कारण प्रदेश ५मा करोडौैं काचो ईटा नष्ट भएको छ। रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ वटा ईटा उद्योगका अधिकांश काँचो ईटा नष्ट भएको संघले जनाएको छ।

प्रदेशका अध्यक्ष थानेश्वर घिमिरेले विज्ञप्ती नै जारी गर्दै प्रदेशमा रहेका ईटा उद्योगहरुमा पोल्नका लागि तयार गर्दै गरेको अवस्थामा राखिएको करिब ८६ करोड ६८ लाख मूल्य बराबरको ईटा नष्ट भएको बताए ।

नवलपरासी पश्चिममा २ करोड, नवलपरासी पूर्व २ करोड, रुपन्देही ३ करोड ५० लाख, कपिलवस्तु ३ करोड, दाङ २ करोड २५ लाख, बाके ३ करोड, बर्दिया २ करोड पचास लाख वटा ईटा नष्ट भएको संघले जनाएको छ।

अधिकांश उद्योगले ईटा पोल्ने तयारी अवस्थामा राखेको १८ करोड २५ लाख भन्दा बढि ईटा अचानक आएको पानीले क्षति भएको छ। करोडौँको ईटा क्षति भएकोले ईटा व्यवासायी मर्कामा परेका छन्। यस अवस्थामा ईटा उद्योगहरुलाई धरायसी हुनबाट बचाउन नेपाल सरकार एवं प्रदेश सरकारसँग यस आर्थिक वर्षको माटो र भस्कटमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गरिदिनका लागि विज्ञप्ती मार्फत अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ।

यस्तै लुम्बिनी ईटा उद्योग व्यसायी संघले पनि बेमौसमी बर्षाका कारण रुपन्देही जिल्ला अन्तर्गतका ५२ वटा ईटा उद्योगका ३ करोड ५० लाख बढि काचो ईटा क्षति भएको जनाएको छ। संघका महासचिव अजयकुमार गुप्ताले विज्ञप्ती मार्फत नयाँ ईटा उत्पादनका लागि तयारी अवस्थामा राखिएको १६ करोड ६२ लाख मूल्य बराबरको ईटा नोक्सान भएको बताए ।

ईटा व्यवसायीले पत्रकार सम्मेलन गरी लाखौँ लागत मूल्य बराबरको ईटा नष्ट हुँदा नयाँ ईटा उत्पादनको सिजन सुरु नहुदै भएको ठूलो नोक्सानीले परेको बताए।ईटा उद्योगका काँचा ईटाको विमाको व्यवस्था नहुँदा हरेक वर्ष हिउँदको समयमा हुने अनियमित बर्षातले करोडौं रुपैयाको क्षति र्पुयाउने गरेकोसंघका सदस्य दिपक पौडेलले बताए। 

सरकारले सबै क्षेत्रमा बैकिङ प्रणालीबाट बिमाको व्यवस्था जसरी गरेको छ त्यसरीनै  ईटा उद्योगमा पनि बैकले लगानी गरेकोले ईटा उद्योगको बिमाका लागि कार्यबिधि बनाई कार्यान्वयन गर्न माग गरे।रुपन्देहीमा २ सिजन गरी करिब ८ करोड ईटा उत्पादन हुँदै आएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved