रोल्पामा करिव २५ हजार जनसंख्याका लागी एक डाक्टरको पहुँच रहेको देखिएको छ । जिल्लामा रहेको २ लाख २४ हजार वढी जनसंख्याका लागि १० जना डाक्टरले सेवा दिईरहेका छन । रोल्पा अस्पताल रेउघामा ४ जना डाक्टरहरुले सेवा दिईरहेका छन । यसैगरि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा ३ सहित ७ जना डाक्टरले सरकारी संस्थावाट सेवा दिईरहेका छन । जिल्लामा ३ वटा नीजि अस्पतालवाट ३ जना डाक्टरले उक्त सेवा दिइरहेको वताईन्छ ।
१५ सैयाको रोल्पा अस्पतालमा २ करार र २ स्थायी गरि ४ जना मेडिकल सुपरिडेन्टहरुले सेवा प्रवाह गरिरहेको वताइएको छ । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा २ र होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ डाक्टरले सेवा दिईरहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोख्रेलले जानकारी दिए । सदरमुकाम लिबाङ, सुलिचौर र घर्तीगाउँमा रहेका एक एक नीजि अस्पतालहरुमा समेत डाक्टरले सेवा दिईरहेका छन सूचना अधिकारी पोख्रेलले भने ।
दक्ष चिकित्सकको पहुँचवाट टाढा रहेका रोल्पालीहरु सामान्य विरामी पर्दा समेत जिल्ला वाहिर जानु पर्ने वाध्यतामा रहेका छन । जिल्लामा रहेका स्वास्थ्य संस्थामा सामान्य संरचना, जनशक्ति र श्रोत साधन नहुदा सानातिना विरामी समेत जिल्ला वाहिर रेफर गर्नु परेको छ जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले भने ।
राज्यले रोल्पालाई अझै पनि विभेद गरेको प्रमुख वुढाको गुनासो छ । पछिल्लो पटक वनेको रुकुम पुर्वमा नै रोल्पामा भन्दा धेरै चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था हुनुले रोल्पा प्रति राज्यको हेराई स्पष्ट हुन्छ वुढाले भने । अस्पताल स्थापना भई नसकेको रुकुम पूर्वमा हेल्थपोष्टवाट स्वास्थ्य सेवा प्रवाह भइरहेको वताईन्छ । भौगोलिक अवस्था र जनसंख्याको दृष्टिकोणले रोल्पाभन्दा धेरै सानो जिल्ला रुकुम पूर्वमा हालै प्रदेश सरकारले रोल्पालाई भन्दा वढी जनशक्ति व्यवस्थापन गरेको वताइएको छ ।
सामान्य विरामी पर्दा समेत ठूलो धनरासी खर्च गरेर जिल्ला वाहिर जानु पर्छ रोल्पा नगरपालिका ४ की उमा केसीले भनिन । डाक्टरको संख्या नै कम छ भएका डाक्टरवाट पनि विशेषज्ञ सेवा पाईदैन केसीले भनिन । जिल्लावासीको स्वास्थ्यलाई ध्यान दिएर विशेषज्ञ सेवा सहितको चिकित्सक राख्नुपर्ने केसीको माग छ ।