गोकर्ण रिसोर्ट प्रकरणमा सचिवले मुख छाडेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 11:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्रष्टका कार्यकारी सचिव गजेन्द्र कुमार ठाकुरले गोकर्ण रिसोर्टको जग्गा भाडामा दिईएकोबारे जानकारी दिन ठाडै अस्वीकार गरेका छन् । गोकर्ण रिसोर्ट यती होल्डिङ्स प्रा.लि.लाई २५ वर्ष लिजमा दिइएकोबारे बिजपाटी डटकमले वास्तविक कुरा के हो भनेर सोधेको प्रश्नमा उनले आफू नबोल्ने भन्दै पन्छिएका छन् । 

सम्झौताको म्याद सकिन ६ वर्ष बाँकी छँदै मन्त्रिपरिषदबाट निर्णय गरेर सरकारले यतीलाई उक्त रिसोर्ट अर्को २५ वर्षलाई भाडामा दिएको बिषयमा   उनले आफूले नबोल्ने भन्दै पन्छिने प्रयास गरे। ट्रष्टको कार्यकारी सचिव बोल्न किन मिल्दैन भन्ने प्रश्नमा उनले ‘सचिव हुँ, जानकारी दिनैपर्ने के म   तपाईको नोकर हो?’ भन्दै प्रतिप्रश्न गरे। उनीसंग थप कुराकानी गर्न खोज्दा धम्कीको शैलीमा ‘फोन राख्नुस्’ भनेर फोन काटे।

गोकर्णेश्वर नगरपालिकामा पर्ने करिब २८ सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट प्रतिरोपनी ५६४ रुपैयाँ मासिक भाडामा यतीलाई दिईएको छ । ट्रष्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषदले थप २५ वर्ष भाडामा लगाउने निर्णय गरेको थियो ।

यसबारे ट्रष्टको बोर्ड सदस्य समेत रहेका अल्टिच्युड एयरका सिताराम सापकोटाको समेत नाम मुछिएपछि सापकोटाले बिजपाटीसंग आफू बोर्ड भएको कारण आफ्नो नाम आएको तर मिडियामा बोल्ने अधिकार सचिवलाई भएको बताएका थिए । उनले सचिवले प्राप्त कार्यकारी अधिकार प्रयोग गरेर सत्यतथ्य जानकारी दिन सक्ने भन्दै सचिव ठाकुरलाई सम्पर्क गर्न भनेका थिए । सोही अनुसार ठाकुरलाई सम्पर्क गर्दा उनी रुखो स्वभावमा प्रस्तुत भएका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved