टुटल, पठाओ र सरर नेपालमध्ये कुन सस्तो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 28, 2019 | 07:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा राइड सेयरिङसुविधा दिईरहेका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा छ । पठाओ, टुटल र सरर नेपालले हाल काठमाडौँ उपत्यकामा मोटरसाइकलमार्फत यात्रुलाई सेवा दिईरहेका छन् । यी तीन कम्पनीबीच सेवा कसको राम्रो, सस्तो र भरपर्दो भन्ने प्रतिस्पर्धा छ ।

टुटल, पठाओ र सरर नेपालले मोबाइल एप्समार्फत काम गर्दै आएका छन् । निजी प्रयोजनका लागि दर्ता भएका मोटरसाइकलमार्फत यात्रुलाई गन्तव्यसम्म छोड्नु यी तीनै कम्पनीको काम हो । सबैका आआफ्नै विशेषता छन् । तर यी तीनमध्ये कुनको सेवा सस्तो ?

यी ३ वटै कम्पनीमार्फत यात्रा गर्दा किलोमिटरको आधारमा शुल्क बढ्दै जान्छ । यद्यपी यो शुल्क कम्पनी आफैँले तोकेका हुन् । यस्तो सेवाका लागि सरकारले हालसम्म कुनै शुल्क तोकेको छैन । कानुन नै नभएको अवस्थामा आएका यस्ता ‘स्टार्ट अप’ विजनेशलाई सरकारले बेला बेलामा बन्द गरेर, काम नगर्न चेतावनी दिएर अथवा अन्य विविध तवरले पन्छाउन खोजिरहेको छ । तर नागरिकस्तरबाट उर्लिएको दबाब थेग्न नसकेपछि सरकार बल्ल कानुन बनाउने तयारीमा छ । कानुन बनिसकेपछि न्युनतम शुल्क तोकिएला ।

प्रतिस्पर्धा गर्न सहज होस् भनेर कम्पनीले आफ्नो प्रतिस्पर्धीभन्दा कम शुल्क निर्धारण गरेर सेवा दिने क्रम बढिरहेको छ । शुल्कसँगै अन्य सेवा र सुविधामा पनि प्रतिस्पर्धा तीव्र छ । यहाँ १० किलोमिटरसम्म यात्रा गर्दा कुन कम्पनीमा कति शुल्क लाग्छ भन्ने देखाईएको छ ।

तालिकामा केएम (किलोमिटर), प्राइज (शुल्क) देखाईएको छ । प्रत्येक २ किलोमिटरदेखी १० किलोमिटरसम्मको यात्रा गर्दा कुन कम्पनीमा कति शुल्क लाग्छ भनेर तालिकामा खुलाईएको छ ।

हेर्नुहोस्ः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved