सुध्रिएनन् नेपाल आउने भारतीय पर्यटक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 07, 2020 | 03:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपतिनाथ मन्दिरमा आउने भारतीय तीर्थयात्रीको रवैया हेर्न लायक छैन । यसअघि बिजपाटी डटकमले आजभन्दा करिब १ वर्षअघि पशुपति क्षेत्रमै पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो । त्यसक्रममा भारतबाट आएका दर्शनार्थीले पशुपति क्षेत्रको वातावरण नै दुगन्धित बनाएको भनेर समाचार लेखियो । 

वर्ष दिनपछि पशुपतिनाथ मन्दिर परिसर पुग्दा पनि सो क्रम रोकिएको छैन । अझैपनि भारतबाट आउने तीर्थयात्रीले चक्रपथ परिक्रमामा पर्ने गौशाला क्षेत्रको सडक नै दुर्गन्धित बनाउने गरेका छन् । पशुपतिनाथ मन्दिर परिसरको विद्युतीय शवदाह गृह नजिकैको खाली जग्गा भारतीय पर्यटकले भरिएपनि उनीहरुले गर्ने फोहोरका कारण पशुपति क्षेत्रको सुन्दरता कुरुप बन्दै गएको छ ।

यसविषयमा पशुपति विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुङ्गाना भारतीय तीर्थयात्री गरिब भएका कारण यो हुने गरेको बताउँछन् । उनीहरुको आर्थिक अवस्था नै कमजोर भएकाले आउँदा उतैबाट पानीसम्म लिएर आउने, बाहिरै पकाउने र गाडीमै बस्ने गर्छन् । उद्यपी पछिल्ला वर्षहरुमा उनीहरुको आर्थिक स्थिती विस्तारै मजबुत हुँदै गएकाले सामान्य खालका होटलमा भारतीय तीर्थालुहरु बस्ने क्रम बढ्दै गएको उनको भनाई छ । 

सूचना अधिकारी ढुङ्गानाले श्रद्धा र खर्च क्षमता फरक भएको बताए । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन श्रद्धाले आउने भएकाले खर्च गरेन र फोहोर गर्यो भनेर भन्न नहुने कोषको तर्क छ ।

भारतीय पर्यटकले गर्ने खर्च सवारी पार्किङ वापत एउटा गाडीको एक दिनको एक सय रुपैयाँ मात्रै हो । योसँगै उनीहरुले मन्दिरमा चढाउने भेटी पनि खर्च हो । तर त्यो प्रत्यक्ष लाभ भने होईन । सो बाहेक नेपाल आउने धार्मीक भारतीय पर्यटकबाट नेपालले लाभ लिन सक्ने अवस्था छैन । 

पशुपति मन्दिर क्षेत्रमा अहिले १९ वटा शौचालय छन् । तर भारतीय पर्यटकले शौच गर्न शौचालय प्रयोग गर्दैनन् । पशुपति मन्दिर नजिकै तिलगंगा आँखा हस्पतालको अगाडीपट्टि पनि खाली रहेको सानो जमिनमा बडेमानका भारतीय गाडी पार्किङ गरिएको हुन्छ । त्यहाँपनि गाडीको पछाडीपट्टि भारतीयहरु उतैबाट च्यापेर ल्याएको सामल पकाउने र दिसाब पिसाब पनि त्यही गरिरहेका हुन्छन् । 

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले प्रयोग गर्दै आएको पशुपतिको जग्गा नजिकै भारतीय पर्यटकले फोहोर गर्दा सो क्षेत्रमा बिहान ‘मर्निङ वाक’ हिड्ने पैदलयात्री र गल्फ खेल्ने खेलाडीले दुर्घन्धित महशुस गर्ने गरेका छन् । तर यस विषयमा पशुपति क्षेत्र विकास कोषले अझै चासो देखाएको छैन ।

२६४ हेक्टर क्षेत्रफलमा फैलिएको पशुपतिनाथ मन्दिर परिसरको हाल गुरुयोजनाको मस्यौदा तयार भएको छ । क्षेत्र विकास कोषले गुरुयोजनाको मस्यौदा बनाएर पर्यटन मन्त्रालयमा पठाएको छ र मन्त्रालयमा मंगलबार पहिलो छलफल भएको छ । बुधबार र बिहिबार पनि मस्यौदामाथि छलफल हुने सूचना अधिकारी ढुंगानाको भनाई छ । ५० वर्षीय गरुयोजनाले हालका सबै समस्या समाधान हुने कोषको विश्वास छ ।

यसअघि:

मख्खीचुस भारतीय पर्यटकस् नुनदेखि पानीसम्म उतैबाट, नेपाललाई फोहोरको डङ्गुर मात्रै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved