आइतबार कहाँ कहाँ छ बिदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 05:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एकिकरणकर्ता राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती भोली अर्थात् पौष २७ गते । पृथ्वी जयन्तीका अवसरमा विभिन्न जिल्लाका स्थानीय तहहरुले निर्णय गरेर सार्वजनिक बिदा दिएका छन् । पृथ्वीजयन्तीमा गोरखाका ४ स्थानीय तहहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

गोरखाबाटै नेपाल एकिरणको सुरुवात भएको र पृथ्वीनारायण शाह गोरखाकै राजा भएको कारण उनको सम्मानमा बिदा दिईएको ती स्थानीय तहहरुले बताएका छन् । 

गोरखामा मात्रै नभई नुवाकोटको विदुर नगरपालिकाले पनि पृथ्वी जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नुवाकोट विजयबाट सुरु गरी नुवाकोटकै दरबारबाट २६ वर्ष राज्य सञ्चालन गरेको भन्दै उनको जन्मजयन्ती सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका २ स्थानीय तहले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएका छन् । यीसँगै हालसम्म पृथ्वी जन्मजयन्तीमा बिदा दिने निर्णय गरेका स्थानीय तहको संख्या ७ पुगेको छ । 

२०६२/६३ को जनआन्दोलन अघिसम्म हरेक वर्षको पौष २७ गते पृथ्वी जन्मजयन्तीमा सरकारले राष्ट्रिय एकता दिवसका रुपमा बिदा दिँदै आएको थियो । तर त्यसपछि भने पृथ्वी जन्मजयन्तीको बिदा कटौती गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved