हिमालयन बैक बिरुद्ध फेरी अर्को उजुरी,लाभांश र साधारणसभा अनिश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 08:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक बिरुद्द नेपाल राष्ट्र बैंकमा फेरी अर्को उजुरी परेको छ। राष्ट्र बैंकले दिएको समय सिमाभित्र बैंकले बार्षिक साधारणसभा बोलाउन नसकेको भन्दै बैंककै संस्थापक सेयरधनी तथा खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले बैंक बिरुद्द राष्ट्र बैंकमा उजुरी दिएको हो।

संचालक चयनको बिषय लगायतका ७ बुंदे सर्त मान्ने प्रतिबद्धता जनाएको हिमालयन बैंकले निर्देशन पाएको २१ दिन बितिसक्दा समेत साधारणसभा तथा निर्वाचन गर्नेतर्फ कुनै पहल नगरेको आरोप लगाउदै म्युचुअल ट्रेडिङ कम्पनीले राष्ट्र बैंकमा उजुरी दिएको हो। ट्रेडिङले नेपाल स्टक एक्सचेन्जलाई बोधार्थ गरेर नेपाल राष्ट्र बैंकका गभर्नर बैंक बिरुद्द उजुरी दिएको हो। 

राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले बैंकको संचालक समितिलाई पुस ७ गते ७ बुँदे निर्देशन दिएको थियो ।   बैंकका अध्यक्ष रहेका मनोज बहादुर क्षेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशोक राणा बीचले आफुबीचको विवाद मिलाएर एक अर्कालाई    सहयोग गर्ने सहमति गरेपछि नोट अफ डिसेन्ट लेखेर संचालक समितिबाट बाहिरिएको खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले सुरुदेखि नै असन्तुष्टि जनाउदै आएको छ। 

एक अर्कालाई सहयोग गरेर अध्यक्ष र प्रमुख कार्यकारीको पद बाँडफाँड गरेपछि म्युचुअल ट्रेडिङ कम्पनीले त्यसयता बैंकको गतिबिधिप्रति असन्तुष्टि जनाउदै आएको छ। 

निर्वाचन मार्फत नै संचालकको चयन लगायतका ७ वटा महत्त्वपूर्ण काम ३० दिनभित्र गरिसक्न निर्देशन पाएको २१ बितिसक्दा समेत बैंकले कुनै पनि निर्देशन नमान्नु राष्ट्र बैंकको निर्देशनको अपमान भएको म्युचुअल ट्रेडिङ कम्पनीले दिएको उजुरीपत्रमा उल्लेख छ।

बैंकमा संचालक समितिको विषयलाई लिएर पहीलेदेखिनै विवाद रहँदै आएको छ। बैंकमा पहिलो विवाद सन २०१२ मा देखिएको थियो । त्यतिबेला बैंक संचालक समितिको अध्यक्षमा एन ट्रेडिङ कम्पनीको तर्फबाट हालको समेत अध्यक्ष रहेका क्षेष्ठ र आभा इन्टरनेशनलको तर्फबाट हालको समेत प्रमुख कार्यकारी अधिकृत राणा थिए।

बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐन, वाफियामा संचालक समितिको संख्या ७ जनामा सिमित गरेपछी बैंकको संचालक समितिमा केही हेरफेर भएको थियो। सोही समयमा खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले पनि संचालक समितिमा मनोनयन गर्न भन्दै बैंकलाई पत्र लेखेपछि बैंकको संचालक समितिको विषयलाई लिएर विवाद रहँदै आएको छ। 

म्युचुअल ट्रेडिङ कम्पनीको उजुरी विरुद्ध अदालतले बैंक संचालक समितिलाई कम्पनीको विरुद्धमा कुनै पनि निर्णय नगर्न निर्देशन समेत दिएको थियो। तरपनि म्युचुअल ट्रेडिङ कम्पनीबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । म्युचुअल ट्रेडिङ कम्पनीलाई कर्मचारी संचय कोष र हबीब बैकले समेत साथ दिएको बताइन्छ।  पछिल्लो उजुरी संगै बैंकको लाभांश र साधारणसभा अनिश्चित बनेको छ ।  

यि हुन् बैंकका ठुला संस्थापक शेयरधनी 

बैंकमा ८ प्रतिशत भन्दा माथि शेयर स्वामीत्व रहेका ६ वटा कम्पनी छन्। संयुक्त लगानीको बैंकमा सबैभन्दा धेरै शेयर हिस्सा पाकिस्तानको हबीब बैंकको २० प्रतिशत, दोस्रोमा कर्मचारी संचय कोष १४ प्रतिशत, एन ट्रेडिङ कम्पनीको १२.७१ प्रतिशत छ। जसबाट संचालकमा प्रतिनीधीत्व गरेको मनोजबहादुर श्रेष्ठ हाल बैंकको अध्यक्ष रहेका छन् । 

त्यस्तै बैंकको चौथो ठुलो शेयरधनी रहेका खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत शेयर छ। यस्तै बैंकको पाँचौ ठुलो शेयरधनीको रुपमा प्रथम गभर्नर हिमालयन शम्शेर राणाको आभा इन्टरनेशनलको ११.३८ प्रतिशत र छाँया इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर स्वामित्व छ। यस्तै बैंकको सातौ ठुलो शेयरधनीमा शशिकान्त अग्रवाल छन्।     

यसअघि राष्ट्र बैंकले ७ बुंदे निर्देश दिएर सर्त सहित हिमालयन बैंकको लाभांश प्रस्ताव स्वीकृत गरेको थियो। बैंकमा हाल कायम संस्थापक तर्फको  ८५ प्रतिशत सेयर हिस्सालाई ७० प्रतिशतमा झार्नुपर्ने, संचालकको चयन निर्वाचन मार्फत गरिनुपर्ने, धेरै लघुवित्तको सेयर 'होल्ड' गर्न नपाइने लगायतका ७ बुँदे निर्देशन राष्ट्र बैंकले दिएको थियो। 

यसअघि:

-हिमालयन बैंकलाई धेरै लघुवित्तको सेयर 'होल्ड' नगर्न निर्देशन 

-राष्ट्र बैंकको -निर्देशनले के होला हिमालयन बैंकको संचालक विवाद

-हिमालयनलाई हबिब बैंक समस्या, निष्काशन होला त एफपीओ ?-   

-हिमालयन बैंकको लाभांश घोषणा, बोनस कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved