एक्यान अध्यक्ष वाग्लेको दुई बर्षे अग्निपरिक्षा पूरा, फेरि अध्यक्षमा दोहोरिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 07:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्लेले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन। आफु अध्यक्ष हुँदाका अधुरा योजना पुरा गर्नलाई पुन: अध्यक्षको लागि उम्मेद्वारी दिन लागेको अध्यक्ष वाग्लेले बताएका छन। 

चार्टर्ड एकान्टेन्टहरू मुलुकको अर्थतन्त्रका लागि आवश्यक धेरै पक्षमा दक्षता राख्ने विज्ञ जनशक्ति भएको तर यस सम्बन्धमा राज्यसहित निजी क्षेत्रले पनि महसुस गर्न नसकिरहेको भन्दै अध्यक्ष वाग्लेले सिएको योगदानबारे सरोकारवालालाई बुझाउन पनि आफुले आफ्नो कार्यकाल दोहोर्याउन चाहेको वाग्लेले बिजपाटीसँगको कुराकानीमा बताए। 

उनले भने, पाँचवटा अन्तरसम्बन्धित विषयमा समानस्तरको विज्ञता हासिल गरेपछि मात्र सिए बन्न सकिने भएकाले ‘ट्याक्स’, ‘एकाउन्ट’ र ‘फाइनान्स’मा के असर पर्छ, यो एउटै व्यक्तिले बुझेको हुन्छ र यो दक्षता सिएमा हुन्छ तर राज्यले यस विषयलाई गम्भीरताका साथ नबुझेको आभास हामीले गरेका छौं र बिभिन्न माध्यमबाट हाम्रा भूमिकाबारे बुझाउने प्रयास गरिरहेका छौँ । 

यहि प्रयास अन्तर्गत एक्यानको ४० बर्षको यात्रामा पहिलो पटक आफ्नो कार्यकालमा 'राष्ट्रको विकासमा सीएको भूमिका' सम्बन्धमा सीए कन्फरेन्स भएको अध्यक्ष वाग्लेले बताए। 

करिब दुई बर्षको यस कार्यकालमा बैंकिङ भन्दा अन्य क्षेत्रमा पनि सीए जानुपर्छ भन्ने चेतना बढाएको, काठमाडौंमा केन्द्रित एक्यानलाई संघीय संचरनाअनुसार बनाउन समिति बनाएको, नियामक आईक्यानसँग असल सम्बन्ध बनाएको, जुनियर एसिस्टेन्टमा मात्र सीए माग्ने अभ्यासलाई तोडेको, अनुसन्धान र अडिट एकै होइन भन्ने बुझाउन बिभिन्न कार्यक्रम गरेको, नेपालमा एनएफआरएस कार्यन्वयन सम्बन्धमा मलेसियाको सँस्थासंग सहकार्य गरेको, सीएलाई रिसर्च गर्नलाई कोर्स डिजाइन गर्ने प्रकृया अन्तिम चरणमा पुर्याएको, गैर आवासीय नेपालीसँगको सहकार्यमा सीएका बिद्यार्थीलाई छात्रवृत्ति दिने अभ्यास थालेको, एक्यानको आफ्नै भवन बनाउने आधार तयार गरेको लगायतका कामहरु भएको अध्यक्ष वाग्लेको भनाई छ। 

त्यस्तै यो दुई बर्षको अन्तरालमा काठमाडौं बाहिरका च्याप्टरसँगको सम्बन्ध बिस्तार गरेको, बिभिन्न संघसंस्थामा सीएलाई छुट तथा बिशेष सेवा दिने सम्झौता गरेको, एक्यान सदस्यलाई राखेर उप समिति बनाएर काम गरेको, राष्ट्रिय स्तरको सम्मेलन गरेको, सीएलाई धेरै भन्दा धेरै तालिम दिने वातावरण बनाएको अध्यक्ष वाग्लेको भनाई छ। 

त्यस्तै सीएको करियर विकासका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको, क्षेत्रगत समस्या समाधान गर्न क्षेत्रगत कमिटि बनाउने तयारि गरेको, महिला सीएको हकअधिकारको लागि छुट्टै युनिट बनाउने तयारि गरेको, सीए क्षेत्रसँग सम्बन्धित अलग्गै एप्स बनाउने तयारी भईरहेको, डाटा बक्स बनाउने काम भईरहेको, काठमाडौंमा मात्र केन्द्रित कार्यसमितिलाई प्रदेश स्तरमा लैजाने तयारी भईरहको, प्रदेशको अध्यक्ष स्वत: केन्द्रको उपाध्यक्ष बन्ने गरि संरचना तयार भईरहेको लगायतका काम प्रकृयामा नै रहेकाले आफु फेरी एक पटक अध्यक्ष बन्ने आकांक्षा रहेको अध्यक्ष वाग्लेको भनाई छ। 

उनले भने, 'बिगतको तुलनामा धेरै काम भएका छन, अझ धेरै काम प्रकृयामा छन र कतिकामको आधार पनि खडा भई सकेका छन, मेरो कार्यकालमा योजना बनेका र आधार तयार भएकाले पनि यसलाई कार्यन्वयन गर्नलाई फेरी एक पटक अध्यक्ष बन्ने इच्छा व्यक्त गरेको हो।' 

अध्यक्ष वाग्लेले सन २००९ मा भारतबाट सीएको अध्ययन सकेका हुन् भने उनि आइक्यानका सदस्य समेत हुन्। वाग्लेले भारतको इन्दिरा गान्धी खुला बिश्वबिद्यालयबाट २०१० मा लेखा तथा बित्तमा स्नातक गरेका छन। त्यस्तै वाग्लेले बेलायतको एसीसीए बाट अन्तराष्ट्रिय वित्तीय रिपोर्टिङमा डिप्लोमा गरेका छन। 

२०१३ देखि २०१५ सम्म कोषाध्यक्ष रहेका वाग्लेले २०१५ देखि २०१७ सम्म एक्यानमा उपाध्यक्षको जिम्मेवारी पुरा गरेका थिए। र २०१७ देखि २०१९ सम्मलाई उनि एक्यानका अध्यक्ष हुन्।    

एक्यान सीएहरुको हकहित र उनीहरुको क्षमता अभिबृद्धिका लागि ४० बर्षअघि २०३४ सालमा स्थापना भएको सँस्था हो। अध्यक्ष शर्माले सँस्थाको कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। उनीसँग प्रत्यक्ष रुपमा एक्यानको कार्यसमितिमा रहेर काम गरेको ६ बर्षको अनुभव छ। एक्यानमा हाल करिब २२०० सीएको आबद्दता छ। यहि फागुन १० गते आगामी नयाँ कार्यसमितिको लागि एक्यानको चुनाव हुदैंछ। आफु सकृय भएर काम गरेको र केहि महत्त्वपूर्ण काम बाँकी रहेकाले पनि आफुलाई साथीहरुले फेरी एक पटक अध्यक्षको लागि सहयोग गर्ने अध्यक्ष वाग्लेको  बिश्वास छ। त्यसो त बिधानले पनि कुनै एउटा व्यक्ति दुई पटक अध्यक्ष बन्न पाउने व्यवस्था गरेको छ। हाल उपाध्यक्ष रहेका दिपक पाण्डेले अध्यक्ष बन्ने इच्छा व्यक्त गरेको बजार चर्चा छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved