फेसबुकको बुष्ट र युट्युबको आम्दानी रोकिएकै हो ? यस्तो छ वास्तविकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2020 | 08:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अनौपचारिक माध्यमबाट विदेशमा हुने भुक्तानी र विदेशबाट प्राप्ति हुने कारोबारलाई कडाई गैरकानुनी घोषणा गरेको छ। शुक्रबार एक सूचना मार्फत राष्ट्र बैंकले यस बिषयमा जानकारी गराएको हो। 

अनौपचारिक माध्यमबाट फेसबुक, ट्वीटर, युट्युब जस्ता समाजिक संजाल र इन्टरनेटको माध्यमबाट विदेशमा भुक्तानी लैजाने र ल्याउने कार्य गैर कानुनी भएको राष्ट्र बैंकले जारि गरेको सूचनामा उल्लेख छ। यस्तो कार्य गर्नेलाई नियमअनुसार कारबाही गरिने समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

'यस्तो कारोबारबाट विदेशी विनीमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा बिदेशी विनिमय (नियमित गर्ने) एं, २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ' सूचनामा उल्लेख छ।   

अनौपचारिक माध्यमबाट फेसबुक, ट्वीटर, युट्युब जस्ता समाजिक संजालमा बिज्ञापन गर्नलाई रोक लगाइएको तर राष्ट्र बैंकको अनुमति लिएर औपचारिक माध्यमबाट कारोबार गर्नलाई कुनै बाधा नहुने राष्ट्र बैंक बिदेशी विनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बिजपाटीसँगको कुराकानीमा बताए।   

"प्राप्ति र भुक्तानीलाई अनौपचारिक माध्यमबाट नगर्नलाई भनिएको हो तर राष्ट्र बैंकको अनुमति लिएर औपचारिक रुपमा भुक्तानी र प्राप्ति गर्नलाई यो सूचनाले कुनै बाधा पुग्दैन" मिश्रले बिजपाटीलाई भने, "फेसबुक वा यस्तै माध्यमबाट भुक्तानी वा प्राप्ति गर्न नपाइने होइन तर अनुमति लिएर गर्नुपर्यो"।

पछिल्लो समय बैंक वित्तीय सँस्थादेखि लिएर होटल रेष्टुरेन्टसम्म, व्यक्तिगत सूचनादेखि लिएर चुनावी अभियानसम्म, स साना व्यवसायिक फर्मदेखि ठुला ठुला व्यवसायिक फर्म, कलाकार, कर्पोरेट आइकन लगायतले प्रचार प्रसारका लागि बिदेशी मुद्रा भुक्तान गरेर फेसबुक, ट्वीटर लगायतका माध्यममा बिज्ञापन गर्ने प्रचलन बढेको थियो। 

त्यस्तै युट्युब, फेसबुक लगायतका माध्यमबाट समेत भुक्तानी प्राप्ति गर्दा समेत बिदेशी मुद्रामा प्राप्त गर्ने गर्थे। तर भुक्तानी र प्राप्ति प्रकृया औपचारिक नभई अनौपचारिक माध्यमबाट हुने गर्थ्यो। 

त्यस्तै नेपालका अधिकांश बिज्ञापन एजेन्सीहरुले फेसबुक, गुगल लगायतका सामाजिक संजालबाट आफ्ना 'क्लाइन्ट' को व्यवसायको बिज्ञापन गर्ने गर्थे र उनीहरुले त्यसबापत भ्याट जोडेर बिलिङ गर्ने गर्थे तर त्यसको भुक्तानी उनीहरुले विदेशमा भएका आफ्ना विश्वासिला पात्र वा आफन्तबाट सेटल गर्दै आएका थिए, एक प्रकारले हुण्डीको काम गर्दै आएका थिए। तर राष्ट्र बैकको यो सूचनाले बिज्ञापन एजेन्सीहरुलाई अब औपचारिक माध्यमबाट नै भुक्तानी गर्नलाई बाध्य बनाएको छ।    

आर्थिक मिडिया संचालकहरुको सल्लाह सुझाबमा राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमा यसरि बिज्ञापन गर्न नपाइने व्यवस्था गर्ने बताएको थियो। तर अर्धबार्षिक समिक्षा अगाडी आएर मात्र राष्ट्र बैंकले यस्तो सूचना निकालेर मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यन्वयन गर्ने हिम्मत गरेको हो।  

फेसबुक,  ट्वीटर, युट्युव, इन्स्टाग्राममार्फत विज्ञापन गर्ने अभ्यास बढ्दा करोडौं रुपैयाँ अनौपाचारिक माध्यमबाट विदेशिने गरेको थियो। त्यस्तै विदेशबाट आउनुपर्ने करोडौं रुपैयाँ उतै अड्किने गरेको थियो र यसले हुण्डीलाई पश्रय दिएको थियो। जसले गर्दा औपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स समेत प्रभावित भएको थियो।

मिश्रकाअनुसार राष्ट्र बैंकको यो सूचनाले अहिलेसम्म सामाजिक संजालमामा हुँदै आएको बिज्ञापन गर्न,फेसबुक मार्फत 'बुष्ट', युट्युब मार्फत बिज्ञापन र आम्दानीलाई अनौपचारिक मानेर गैरकानुनी घोषणा गरेको हो तर अनुमति लिएर यी कार्य गर्नलाई कुनै रोक छैन।  

तर नेपाल नेपाल बिज्ञापन एजेन्सी संघ(आन)को अध्यक्ष रवीन्द्रकुमार रिजाल 'शशि' ले राष्ट्र बैंकको यो सूचनाले सामाजिक संजाल मार्फत बिज्ञापन गर्न, फेसबुक मार्फत 'बुष्ट' गर्न, युट्युब मार्फत बिज्ञापन र आम्दानी गर्न सीधै रोक लगाएको बताएका छन। 

राष्ट्र बैंकको यो सूचनालाई आनले गम्भीरताका साथ लिएको र यसबारे औपचारिक धारणा बनाउन आइतबार आकष्मिक बैठक डाकिएको अध्यक्ष रिजालले बिजपाटीलाई बताए। 

राष्ट्र बैंकका विभागीय प्रमुखले अनुमति लिएर भुक्तानी र प्राप्ति गर्न पाइन्छ भन्नु भएको छ भन्ने बिजपाटीको जिज्ञासामा रिजालले भने, 'सूचनामा अनुमति लिएर गर्न पाइन्छ कहीं भनिएको छैन, सिधै गैरकानुनी भनिएको छ। सूचनामा एउटा भन्ने र व्यहारमा अर्को गर्ने भन्ने हुदैन।'

रिजालले आज नै एक एजेन्सीले सामाजिक संजाल मार्फत बिज्ञापन गर्नलाई पैसा बुझाउन जाँदा राष्ट्र बैंकको उक्त सूचना देखाएर बैंकले पैसा नबुझेको घटाना सुनाउदै यसले पनि रोक लगाएको पुष्टि गरेको बताए। 'मैले आनको नेतृत्त्व सम्हालेदेखि सरकारलाई निरन्तर रुपमा सामाजिक संजाललाई नेपालमा रजिष्टर गर्ने व्यवस्था गर्न भन्दै आएपनि सरकारले नियमन गर्नुको साट्टो सिधै बन्द गर्ने निर्णय गरेको छ' रिजालले भने, 'सरकारको यो निर्णयले हुण्डीलाई अझैं बढाउँछ।'  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved