कहाँ गए 'क बाट कमरेड' पढाउने विद्यालय ?

महेश न्यौपाने

महेश न्यौपाने

Feb 18, 2020 | 09:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

'स्कुलको वन्द कोठावाट हैन संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगवाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ' भन्ने मान्यताका साथ खोलिएका रोल्पाका जनवादी विद्यालयहरु एकादेशको कथा वन्न पुगेका छन । क वाट कमरेड सिकाउने ती विद्यालय यतिवेला संग्रहालयमा थन्काउने साधन बनेका छन् । 

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाको रुपमा रहेको केन्द्रीय आधार ईलाका भित्र रोल्पा, रुकुम र सल्यानमा एक एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए ।  स्थानीय जनसत्ता मार्फत संचालन गरिएका ती जनवादी विद्यालय मध्य एक थियो 'शहिद स्मृती जनवादी नमूना विद्यालय थवाङ' । माओवादी शसस्त्र युद्धको उत्तरार्धतिर २०६१ साल फाल्गुन १ गते जनयुद्ध दिवसको दिन स्थापना गरिएको थियो ।

सरकार र नेकपा माओवादी वीच भएको वृहत शान्ति संझौता संगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सवै संरचना विघटन गर्ने क्रममा उक्त विद्यालय समेत छिमेकी विद्यालयमा समायोजन भएको थियो । समायोजन पूर्व उक्त कक्षा ४ सम्म संचालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्र सहित ८७ जना विद्यार्थीले अध्ययन गर्ने गर्दथे । आवासीय रुपमा ५० जना, अजम्वरी जनकम्युनवाट २४ जना र जनस्तरवाट १३ जनाको कोटा रहेको सो विद्यालयमा पार्टी सेल कमिटी,पार्टी शाखा,अखिल क्रान्तिकारी वाल ईकाइ, शिसु स्याहार विभाग,निर्माण विभाग र मेस संचालन विभागको व्यवस्था गरिएको थियो । अध्यापनका लागि २ शिक्षिका सहित ५ शिक्षकको व्यवस्था गरिएको थियो । विद्यालयमा शहिद परिवारका ३४, जनमुक्ती सेनाका १७, कार्यकर्ताका ३२ र घाईते परिवारका ४ विद्यार्थीले अध्यन गर्ने व्यवस्था मिलाइएको जनवादी विद्यालयका पूर्व व्यवस्थापक लालचन्द्र रोकाले जानकारी दिए । 

भाषा शिक्षा अन्तरगत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाई हुन्थ्यो । यसैगरि समाज अन्तरगत दर्शन, राजनीति, ईतिहास, अर्थशास्त्र, साहित्य र संस्कृती पढाई हुनुको साथै  विज्ञान, स्वास्थ्य र वातावरण अन्तरगत विज्ञान, स्वास्थ्य, वातावरण,सैन्य विज्ञान र शारिरीक शिक्षाको पढाई हुने गरेको वताईन्छ । 

उक्त विद्यालय हाल थवाङमा रहेको श्री वलभद्र माध्यमिक विद्यालयमा समायोजन गरिएको पूर्व विद्यार्थी नेता अजय घर्तीले जानकारी दिए । जनवादी विद्यालय रहेको सो स्थानमा हाल अर्को विद्यालय संचालन भईरहेको छ नेता घर्तीले भने । जनयुद्धकालिन सम्पत्तीको रुपमा उक्त विद्यालयलाई संग्राहलयको रुपमा सुरक्षित गर्नु पर्नेमा राज्यले वेवस्ता गरेको घर्तीको भनाई छ । सो समयमा जनवादी विद्यालयमा रहेका ४ जना शिक्षक मध्ये सवै आ आफ्नो तरिकाले व्यवस्थापन भए पनि तत्किालन व्यवस्थापक लालचन्द्र रोकालाई मावि थवाङमा निजि श्रोत शिक्षकको रुपमा व्यवस्थापन गरिएको घर्तीले जानकारी दिए । 

२०५७ साल अघि जनयुद्धमा ध्वन्स प्रधान थियो, २०५७ पछि ध्वन्स र निर्माणको द्धन्दात्मक पद्धती अनुसार जनवादी विद्यालयको सुरुवात गरिएको तत्कालिन जनशिक्षा विभाग केन्द्रीय आधार इलाकाका सेक्रेटरी तुफान सिंहले एक लेखका  प्रष्टयाएका छन्। आधार ईलाकामा मात्रै ३ वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय संचालन गरिएका थिए । जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म अध्ययन हुने गर्दथे । नमूना गाउँका लागि जनशिक्षा र जनसाक्षरता अभियान संचालन गरेको तत्कालिन सत्तावाटै पाठ्यक्रम तयार हुने गरेको सिंहको भनाई छ । 

सामन्ती राजतन्त्रले शिक्षालाई हुने खाने वर्गको पेवा वनाएको, धनि र गरिवका छोरा छोरीले पढ्ने विद्यालय नै फरक फरक वनाएको भन्दै समान एवम वैज्ञानिक शिक्षा दिने भन्दै खोलिएका त्यस्ता विद्यालय अहिले ईतिहासमा कैद भईसकेका छन् । मुठ्ठी कसेर अन्तराष्ट्रिय कम्युनिष्ट गित गाउने त्यस्ता विद्यालयमा अहिले सयौं थुंगा फुलका हामी एउटै माला नेपालीको गित गुञ्जन थालेका छन । लाल सलामको अभिवादन चल्ने त्यस्ता विद्यालयमा अहिले नमस्कार चल्न थालेको छ । क्रान्तिका गित गुञ्जने विद्यालयमा अहिले शान्तीको गित गुञ्जन थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved