डेढ बर्षसम्म लुकाइएको बास्कोटाको अडियो अहिले कसरी बाहिर आयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 11:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सेक्युरिटी प्रिन्टिङ प्रेसको अडियो टेप दुई महिना अघि नै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको खुलासा भएको छ। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्रले यस्तो खुलासा गरेका हुन्। 

अनुमतिबिना कतै बाहिर नजाने  सुनिश्चित गरेर आफुले दुई महिनाअघि नै प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको मिश्रले कान्तिपुरसँगको अन्तर्वार्तामा बताएका छन्।  प्रधानमन्त्रीले पनि केही कारबाही गर्ने छाँट नदेखाएपछि आफुले उक्त अडियो रेकर्ड सम्बन्धित निकायका धेरै मान्छेलाई देखाएको उनले बताएका छन्।  उक्त अडियो डेढ वर्षअघि मन्त्रीको कार्यकक्षमा जाँदा योजनाबद्ध रूपमा नभई संयोगले खिचिएको उनले बताएका छन्। 

कतिमा भएको थियो डिल ?

५५-६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ भनेको उनले बताएका छन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेको मिश्रले बताएका छन्। 

किन बाहिरियो अडियो ?

डेढ बर्षअघि खिचिएको अडियो डिल नमिलेपछि बाहिरिएको बुझ्न सकिन्छ। अडियो खिचेको भन्ने कुरा बास्कोटाले थाहा पाएपछि आफुलाई बचाइदिन भनेको मिश्रले बताएका छन। बचाउने कुरा पार नलागेपछि सिध्याउने तर्फ लागेकाले यो अडियो 'ईगो' का कारण बाहिरिएको अनुमान गर्न सकिन्छ। 

सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि बास्कोटाले पछि अर्को देशको कम्पनीलाई प्रेसको टेन्डर दिन तयार भएकाले मिश्रले उचित समय हेरेर अडियो बाहिर ल्याएको देखिन्छ। 

अरु को को संलग्न ?

अडियो रेकर्डको बिषय मिलाउन सार्वजनिक लेखा समितिका एक सदस्यले दीपक भट्ट र सोनाम (यति समूहका सञ्चालक) सँग भेट्नुपर्‍यो भनेर पनि प्रस्ताव गरेको मिश्रले खुलासा गरेका छन्।  

विकल पौडेललाई च्यापेर आफू अनुकूल कागज बनाएर बास्कोटाले स्विस कम्पनीलाई दिने भनिएको प्रोजेक्ट अन्त दिन खोजेको मिश्रको आरोप छ।  अमेरिकी ग्रिनकार्ड होल्डर रहेका विकलले मन्त्रीसँग नजिक भएर काम गरेको  मिश्रको आरोप छ।  अन्तःशुल्कको स्टिकर छाप्दा पनि विकल  संलग्न भएको  र एमआरपी छाप्ने भएपछि परराष्ट्र मन्त्रालयमा आएको मिश्रको आरोप छ। तर पछि विकलले बदमासी गरेको थाहा पाएपछि टंकमणि शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा कारबाही गरेको मिश्रले बताएका छन। यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई-तीन जना कर्मचारी समेत संलग्न रहेको उनले बताएका छन्। 

अडियो रेकर्ड किन ?

मिश्रले आफुले योजनाबद्ध हिसाबले नभई संयोगले अडियो खिचिएको बताएका छन् । अनुमति बिना रेकर्ड गर्दा हुने कारबाहीबाट बच्नलाई उनले यस्तो बताएको अनुमान गर्न सकिन्छ। जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई विवादित कम्पनीको प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएको र यस्तो हुन नदिनलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन अडियो रेकर्ड गरिएको मिश्रको दाबि छ। 

विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने मिश्र स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved