बजारमा आजदेखि आधा सिलिण्डर ग्यास, कति पर्छ मूल्य ? (भुगोलअनुसार)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 02:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजारमा आधा सिलिण्डर ग्यास पठाउन भनेपछि यसको मूल्यको विषयमा बजारमा आ–अफ्नै अनुमान हुन थालेको छ । नेपाल आयल निगमले बजारमा आधा सिलिउडर भरिएको ग्यास पठाउन ग्यास उद्योगीलाई भनेपछि कतिपय उपभोक्ताले भरी ग्यासको मूल्यको आधारमा त्यसैको आधा पर्ने भन्ने अक्कलबाजी गरेका छन् । 

निगमले दिएको निर्देशन निर्देशन शुक्रबारबाट लागु भएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार आजबाट आधा सिलिण्डर ग्यास बजारमा गएको छ । यसअघि एक सिलिण्डरको तौल १४.२ किलोग्राम हुने गरेकोमा अब एउटा सिलिण्डर ७.१ किलोग्रामको मात्रै हुनेछ ।

उद्योगीले आधा सिलिण्डर ग्यास पठाएपनि यसको मूल्य भूगोल अनुसार फरक फरक पर्ने संघका अध्यक्ष भण्डारीको भनाई छ । निगमले यसअघि तोकेकै मूल्यको आधारमा आधा सिलिण्डर ग्यासको पनि मूल्य समायोजन भएको छ । 

बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका उपभोक्ताले ६७० रूपैयाँमा आधा सिलिण्डर ग्यास पाउनेछन् । सोही ग्यासको मूल्य तराई क्षेत्रमा भने ६७७.५० रुपैयाँ पर्ने छ ।

काठमाडौं उपत्यकामा भने आधा सिलिण्डर ग्यासको मूल्य ६८७.५० रुपैयाँ संघले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved