काठमाडौँ विमानस्थलबाट ३ अन्तराष्ट्रियसहित १२ उडान हुँदै, कुन जहाज कहाँ उड्दैछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 09:48:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज ११ वटा उडान हुँदैछ । आन्तरिकतर्फ ९ र अन्तराष्ट्रिय तर्फ २ उडान तय भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुने बताएको छ । लुक्लाको मौसम मध्यानपछि केही बदली हुने भइकाले केही ट्वीनअटर जहाज शनिबार बिहनै सोलुखुम्बुको लुक्ला उडिसकेका छन् । आन्तरिकतफै उडान भर्ने सबै जहाजले लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धार गर्नेछन् । 

निगमको वाइ–१२ जहाजले काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यसले कोरोना भाइरसका शङ्कास्पद बिरामीबाट संकलित नमूना ल्याउनेछ । 

अन्तराष्ट्रियतर्फ आज शनिबार कतारको दोहाका लागि दुई उडान हुनेछन् । बिहान १०ः१५ बजे र ११ः०० बजेका लागि उडान समय तय भएको विमानस्थलले जनाएको छ । अन्तराष्ट्रियतफै नै निगमको वाइडवडी जहाज पनि आज मध्यान्ह १२ः०० बजे चीन जाँदैछ । कार्गो उडानको उडान अनुमति लिएर निगमको जहाज चीनबाट कोरोना भाइरस विरुद्दको औषधी ल्याउन चीनको ग्वाञ्जाओ जान लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved