महानगरीय प्रहरीले कहाँबाट ल्यायो ‘मान्छे समात्ने यन्त्र’ ? हेडक्वार्टर नै चकित

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2020 | 03:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज लकडाउनको छैठौँ दिन । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन घोषणा गरेपछि त्यसको उलङ्घनमा सडकतिर निस्कने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने काम गरिरहेको छ । लकडाउनको पहिलो दिन यसरी बाहिर निस्कने नागरिकलाई प्रहरीले सम्झाई बुझाई गरी घर फर्काउने काम गरेको थियो । तर दोस्रो दिनबाट पनि बाहिर निस्कने क्रम नरोकिएपछि प्रहरीले पक्राउ नै गर्न थाल्यो । 

मल्टिफङ्सनल डिभाइसको प्रयोग

प्रहरीले अहिले मानिसलाई पक्राउ गर्दा पहिला जस्तो हातले कठालोमा समातेर गाडीमा राख्न छोडेको छ । लकडाउन नमानी घर बाहिर निस्केकाहरुलाई प्रहरीले मल्टिफङ्सनल एरेष्ट एण्ड रेस्क्यु डिभाइसको प्रयोग गर्ने गर्दछ । 

सुरुमा मानिसलाई पक्राउ गर्दा यस्तो साधन प्रयोग भएपछि देखेपछि सर्वसाधारण मात्रै नभई प्रहरी नै चकित परेका थिए । काठमाडौँका सडक सडकमा यस्ता मेसिन बोकेका प्रहरी देखेपछि टक्क उभिएर नहेर्ने कमै मात्र थिए । प्रहरी हेडक्वाटरले पनि अहिले यस्ता डिभाइस महानगरीय प्रहरीले मात्रै प्रयोग गर्दै आइरहेको बताएको छ । ‘सुरुमा त यस्तो डिभाइसबारे हामी पनि अचम्ममा परेका थियौँ’ प्रहरी हेडक्वाटरका एक अधिकारीले भने, ‘हामीले पनि महानगरी प्रहरीसँग यसबारे थप जानकारी लिँदै छौँ ।’ 

हाल महानगरीय प्रहरी कार्यालयले मात्रै यस्तो डिभाइस प्रयोग गरिरहेको छ । महानगरीय प्रहरीले पहिले नै यस्तो मेसिन ल्याएर राखेको थियो । यसअघि यसको प्रयोग एकदमै कम मात्रामा हुने गरेको थियो । सरकारी नियम नमानी सडकमा निस्कनेलाई पक्राउ गर्न यो डिभाइस प्रयोग गरिएको पहिलो पटक हो । 

‘प्रहरीलाई पनि कोरोनाको डर छ, नियम नमान्नेलाई पक्रिनुपर्ने छ’ महानगरीय प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी श्याम लाल ज्ञवाली भन्छन्, ‘पक्राउ गर्दा कुनै क्षति पनि नहुने र हातले समात्न पनि नपर्ने भएकाले यो डिभाइसको प्रयोग गरिएको हो ।’ 

यो डिभाइस खुकुरी नचाउने, वरीपरिका मानिसमाथि आइलाग्ने, झम्टिने र झगडालु स्वभावका मानिसलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालयले ल्याएको थियो । एरेष्ट र रेस्क्यु दुबैमा यो डिभाइस प्रयोग हुन्छ । कम गहिराई भएको इनारमा मानिस डुबेको अवस्थामा पनि उद्वारका लागि यो डिभाइस प्रयोग गर्न सकिने एसएसपी ज्ञवाली बताउँछन् । 

महानगरीय प्रहरीसँग कति छन् त यस्ता यन्त्र ? यसबारे भने एसएसपी ज्ञवाली भन्छन्, ‘आवश्यकता अनुसार प्रयोग गर्न पुग्नेछ, यति नै छ भनेर सार्वजनिक गर्ने कुरा भएन । हातहतियार, सुरक्षा यन्त्र यति छन् भनेर भन्दै हिड्ने विषय होईन, यस्ता विषय सुरक्षा संवेदनशीलताका कारण सार्वजनिक गर्न मिल्दैन ।’ 

नयाँ स्ट्याटिजी

केरोना भाइरसको कारण जारी लकडाउन नमान्ने मानिसलाई अब प्रहरीले पक्राउ गरेर गाडीमा बोकेर प्रहरी चौकीसम्म पनि नलैजाने भएको छ । पक्राउमा मल्टिफङ्सनल एरेष्ट एण्ड रेस्क्यु डिभाइसको प्रयोग गरिने अब जहाँ पक्राउ गरिएको हो त्यही ‘होल्ड’ गरेर राख्ने स्ट्याटिजी अपानाउन लागिएको एसएसपी ज्ञवालीले बताए । 

‘हामी बाहिरी देशका प्रहरीले जस्तो मान्छेलाई लाठीले हान्दैनौँ, त्यो हाम्रो संस्कार होईन’ उनले भने, ‘अब जहा लकडाउन नमानेर बाहिर हिडेको मान्छे भेटिन्छ, त्यहीँ उसलाई होल्ड गरिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved