काठमाडौँबाट हिडेरै तराई जान तयार, ४ दिनको खाजा चिउरा र पानी (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2020 | 07:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि पैदल यात्रामार्फत काठमाडौँ छोड्नेहरुको संख्या बढिरहेको छ । दक्षिणकाली नाकाबाट मात्रै दैनिक १५० भन्दा बढी मानिस पैदल हिडेर काठमाडौँबाट बाहिरिने गरेका छन् । 

आज आइतबार पनि काठमाडौँबाट तराईका विभिन्न जिल्लामा जाँदै गरेका २ दर्जन व्यक्तिलाई काठमाडौँ प्रहरीले रोकेको छ । काठमाडौँको कोटेश्वरमा हुल बाँधिएरै पैदल यात्रामार्फत तराईका सिरहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाको लागि निस्किएका उनीहरुलाई प्रहरीले मल्टिफङ्सनल एरेष्ट एण्ड रेस्क्यु डिभाइसको प्रयोग गरेर पक्राउ गरेको छ । पक्राउ गरेर उनीहरुलाई २ घण्टा कोटेश्वरमै रोकेर उनीहरुलाई कोठा कोठामा पु¥याईएको छ । 

काठमाडौँ छाड्दै गरेका उनीहरुले भने काठमाडौँमा लकडाउनका कारण आफूहरुको दैनिकी रोजिरोटी नै गुमेका कारण घर फर्किनु परेको गुनासो गरेका छन् । ‘यहाँ काम छैन, कोठामा खानेकुरा पनि छैन, घरबेटीले भाडा मागिरहेको छ, अघिल्लो महिनाको पनि तिर्न सकेको छैन’ एक जनाले भने, ‘सिडिओ कार्यालयले पास दिन्छ भन्ने सुनेर हामी गएका थियौँ, तर दिएन । हिजो पनि हाम्रा साथीहरु गएका थिए, हामी पनि जानका लागि हिडेको । झोलामा चिउरा र एक/एक बोतल पानी बोक्या छौँ ।’

उनीहरुका अनुसार काठमाडौँबाट हिडेर ३ देखि ४ दिनमा सप्तरी पुगिन्छ । 

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved