नेपालमा कोरोनाका सम्भावित संक्रमित १५० जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 04:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हालसम्म कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या ९ जना पुगेको प्रमाणित गरेको छ । तिमध्ये ८ जना उपचाररत छन् । एक जना निको भएर घर फर्किसकेका छन् । हाल उपचाररत संक्रमितमध्ये काठमाडौँमा २ जना, बागलुङमा २ र ४ जना धनगढीमा छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँबाहेक हेटौँडा, जनकपूर, पोखरा, बुटवल, सर्खेत र धनगढीमा कोरोनाको परीक्षण सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म एक हजार ५२९ जनामा कोरोनाको परीक्षण गरिएको छ । यीमध्ये आजसम्म १५० जना ‘रेड जोन’मा परेका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार रेड जोनमा पर्नुको अर्थ ‘तपाई पनि सम्भावित संक्रमित हो है’ भन्ने हो । यसरी रेड जोनमा परेकाहरुको थप परीक्षण गरिने उनले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved