लकडाउन थप गर्न आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 11:08:02 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधि थप लम्बिने भएको छ । आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा भएको छलफल अनुसार आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले समेत लकडाउनको अवधि थप गर्न केन्द्र सरकारलाई अनुरोध गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले एक साता लकडाउनको अवधि पथ गर्न सक्नेछ बताईएको छ ।  

यसअघि चैत्र ११ बाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको सरकारले ८ दिन थप गरेर २५ गते रातको १२ बजेसम्मका लागि कायम गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved