वालिङमा राहत वितरणको फोटो खिच्न नपाइने, राहत दिन मेयर खाँणले बनाए ४ प्रकारका कुपन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 06:59:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको वालिङ नगरपालिकामा अब राहत सामग्री वितरण गर्दा फोटो खिच्न नपाईने भएको छ । नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेसँगै अब राहत तथा व्यवस्थापन कार्यक्रमको फोटो खिच्ने/खिचाउने काम गर्न नपाईने भएको हो  ।

कार्यविधिमा ‘नगरभित्रका १४ वटै वडा अध्यक्षको संयोजकत्वमा गठित समितिले आ–आफ्नो वडामा रहेका गरिब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्ने परिवार र व्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गरी नगरपालिका कार्यालयमा पठाउनेछ । नगरपालिकामा उपलब्ध गराएपश्चात नगरपालिकाले दैनिक खाद्य सामग्री सहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउने छ’ भनिएको छ ।

‘गरिबीको मजाक धेरै भयो’

वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँण ‘गरिबीलाई मजाक’ बनाईन थालेपछि यस्तो निर्णय गरिएको बताउँछन् । ‘गरिबीको मजाक भयो, उसँग राहत नलिम खाना छैन, लिँदा सामाजिक सञ्जालदेखि सबैतिर मजाक हुने भयो’ उनले भने, ‘त्यसैले यस्तो काम रोक्न निर्णय गरिएको हो, गरिबहरुको पनि स्वाभिमान पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’

उनका अनुसार घरमा गएर वा कतै भेला गरेर राहत वितरण गरिने छैन । ‘हामीले पसलहरुसँग सम्झौता गरेका छौँ, हामीले पहिचान गरेका परिवारलाई कुपन बाड्छौँ’ नगरप्रमुख खाँणले भने, ‘कुपन प्राप्त गर्ने ब्यक्ति वा परिवारले नजिकको पसलमा कुपन लिएर गएर सामग्री ल्याउन सक्छन् ।’ 

४ प्रकारका कुपन

नगरप्रमुख खाँणका अनुसार ४ प्रकारका कुपनको प्रवन्ध गरिएको छ । घरमा एक जनमा मात्रै हुनेका लागि, २ वा ३ जना हुने परिवारका लागि, ४ जनासम्म हुने परिवारका लागि र ४ जनाभन्दा बढी सदस्य हुने परिवारका लागि छुट्टाछुट्टै कुपनको व्यवस्था गरिएको नगरप्रमुख खाँणको भनाई छ । 

नगरभित्रका १४ वडामा गरेर करिब १ हजार ९ सय जति परिवारलाई राहत वितरण गरिने उनको भनाई छ । 

के के सामग्री पाउँछन् ? 

कुपनमा उल्लेख भए अनुसारका सामग्री नजिकका पसलबाट खरिद गर्न सक्ने गरी उपभोक्तालाई सहज व्यवस्था गरेको नगरपालिकाले विभिन्न सामानसमेत तोकेको छ । वालिङ उद्योग वाणिज्य संघमा आवद्ध पसलहरु तथा अन्य साना तथा मझौला किराना पसलबाट सामान किन्न सकिने छ । अन्तिममा कुपन जम्मा भएपछि वडामार्फत नगद प्राप्त गर्ने र सम्बन्धित उपभोक्ताले नै पसलमा गएर आफूले खरिद गरेको सामानको मूल्य अनुसार भूक्तानी तिर्नुपर्ने प्रावधान छ । 

राहतमा साना राम्रो नामक चामल, दाल, सोयाविन तेल, आयोडिन नुन र डेटल साबुनलगायत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved